फरार शब्दको सट्टा ‘अनुपस्थित लेख्ने’

मुद्दाको अनुसन्धानको क्रममा कुनै आशङ्कित उपर पक्राउ पूर्जी जारी नभएको वा अनुसन्धानको क्रममा हिराशतमा नराखी अनुसन्धान भएकोमा अभियोजन गर्दा त्यस्ता व्यक्तिलाई अभियोगपत्रका साथ उपस्थित गराउन नसकेकोमा अभियोगपत्रमा निजको हकमा फरार प्रतिवादी भन्ने वाक्यांशको सट्टामा ‘अनुपस्थित प्रतिवादी’ भनी उल्लेख गर्ने निर्देशन भएको छ ।

“प्रहरी वा सरकारी निकायले बोलाएको बेलामा उपस्थित भएको छ, तर कुनै कारणवस एक दिन उपस्थित हुन सकेन भने फरार लेख्ने चलन छ,” महान्यायाधविक्ता रमेश बडालले भन्नुभयो, “फरार शब्द लेख्नुभन्दा अनुपस्थित प्रतिवादी लेख्नु राम्रो हुन्छ, सुधारकै प्रयत्नका लागि यो गरिएको हो ।”

Exit mobile version