देशमा आजः ८ बजे ८ खबर

  1. अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले नेपालको अर्थतन्त्रमा सुधारका प्रारम्भिक संकेतहरु देखिएको बताएको छ । नेपालको अर्थतन्त्रको अवस्था र आईएमएफले सहयोग गरेको विस्तारित कर्जा सुविधाको कार्यान्वयनका बारे छलफल गर्न सेप्टेम्बरको ११ देखि २२ सम्म नेपालमा बसेको आईएमएफ टोलीले यस्तो निस्कर्ष निकालेको हो ।
  2. पोखराको सूर्यदर्शन सहकारी रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीको बयान सुरु भएको छ । प्रहरीले सरकारी वकिल कार्यालयमा बयान सुरु गरेको हो ।
  3. श्रीलंकाका लागि प्रस्तावित राजदूतले आफ्नो नाम फिर्ता लिएका छन् । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले मंगलबार आफ्नो नाम फिर्ता लिएका हुन् ।
  4. एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित कांग्रेससहितको सरकारले अपेक्षाअनुसारको गति लिन नसकेको सांसद तथा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा बताएका छन् ।
  5. सर्वोच्च अदालतले नेपाल प्रहरी र सरकारसँग दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण माग गरेको छ ।
    प्रसाईका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्नुको कारण माग गरेको हो ।
  6. चीनको हाङ्जाउमा आयोजित २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङ मंगलबार स्वदेश फर्किएकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।
  7. इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले कार्यपालिका बैठक राख्न आलटाल गरेको भन्दै उपप्रमुखसहितका जनप्रतिनिधिले उच्च अदालत विराटनगरमा रिट दायर गरेका छन् ।
  8. लुम्बिनि विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीहरूले मंगलबार हातपात गरेका छन्। केही दिनदेखि गुरूयोजनाको कामको भुक्तानी नपाएको भन्दै आन्दोलनरत निर्माण व्यवसायीहरूको माग सम्बोधन गरी समाधान गर्न लागिरहेको बेला हुलहुज्जत सहित अपमानजनक रूपमा आक्रमण गरिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई ले जानकारी दिए ।
Exit mobile version