अयोध्यामा राम मन्दिर प्राण प्रतिष्ठा

नेपाल–भारत सीमावर्ती सुरक्षा अधिकारी बैठकका मुख्य एजेन्डा के रहे ?

२२ जनवरी अथात् माघ ८ गते अयोध्यामा रहेको रामजन्म भूमिमा मन्दिर निर्माण भैरहेको छ र रामको मूर्तिमा प्राण प्रतिष्ठा, अनुष्ठान हुँदैछ । त्यसको सुरक्षा व्यवस्था र त्यसको चार दिन पछाडि २६ जनवरी अर्थात् माघ १२ गते भारतको गणतन्त्र दिवस पनि छ । अनुष्ठानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि आउनु हुने भएकाले अलि बढी सुरक्षा संवेदनशीलता भएको भारतीय पक्षबाट महसुस गरेर दुई देशका सीमा सुरक्षा अधिकारीहरु बीच सीमा क्षेत्रमा हुनसक्ने अपराध, घुसपैठ वा सन्दिग्ध गतिविधिलाई संयुक्त रुपमा सूचना आदानप्रदान गरेर संयुक्त रुपमा कारवाही गरेर निस्तेज पारेर ती अनुष्ठानलाई सीमा क्षेत्रबाट कुनै पनि अवैध गतिविधि हुन नपाउने व्यवस्था मिलाउनका लागि दुवै देशका सुरक्षा अधिकारीहरु बीच समन्वय बैठक भएको हो ।

नेपाली पक्षको चासो चाहिं के रह्यो ?

भारतमा भैरहेको अनुष्ठानमा सुरक्षा दिने क्रममा हाम्रो पनि भूमिका रहन्छ । हाम्रो ६५ किलोमिटर उत्तर तर्फ बोर्डर रहेको छ बाँकेको । बर्दियाको पनि त्यही अवस्था छ । अपराध कुनै पनि मुलुकमा हुनु हुँदैन । दुवै मुलुकमा शान्ति, सुरक्षा कायम हुनुपर्छ र यसलाई कायम गर्ने कुरामा दुवै देशका सीमावर्ती जिल्लाको महत्वपूर्ण भूमिका हुने भएकाले हाम्रो पनि चासो हुनेनै भयो ।

माघ ८ लाईनै लिएर बाँके र बर्दियामा पनि अनुष्ठान मनाउने काम भैरहेको छ । अहिले पनि हिन्दु धर्मावलम्वीहरुबाट अनुष्ठान, र्याली, विभिन्न किसिमका सभा, कलश यात्रा भैरहेको अवस्था छ । त्यसको सुरक्षा संवेदनशीलतामा पनि भारतीय पक्षबाट हामीलाई सहयोग हुने हामीले अपेक्षा राखेका छौं । यो परिवेशमा दुवै देशको रोटीबेटीको सम्बन्ध भएको, सांस्कृतिक एकता पनि भएको अवस्थामा दुवै देशका लागि सुरक्षा चुनौति बन्न सक्छ भन्ने आंकलनको आधारमा दुवै देशको सीमा अधिकारीहरु बीच यो समन्वय बैठक भएको हो । यसबाट हामीलाई पनि लाभ प्राप्त हुन्छ ।

नेपाल–भारत सीमा शिल हुँदै हो ?

त्यसमा धेरै किसिमका सुरक्षा रणनीतिहरु आवश्यकताका आधारमा अवलम्वन गर्नुपर्ने हुन्छ । ती सबै सुरक्षा रणनीति हामीले सार्वजनिक गर्नु उपयुक्त हुँदैन । तरपनि हामीले परिस्थितिको मूल्यांकन गरेर उपायहरु अवलम्वन गर्न सक्छौं, त्यसमा बोर्डर शिल गर्ने विषय पनि बन्न सक्छ, त्यो अहिले नै भन्न सकिंदैन ।

भारतीय पक्षको आव्हानमा यो काउन्टर पार्टस् मिटिङ्ग भएको हो । जसलाई जति बढी फोकस हुन्छ त्यसले आव्हान गर्ने प्रचलन हुन्छ । कहिलेकाही नेपाल पक्षबाट पनि गर्छौ । विगतका चुनावहरुमा आव्हान गरेर भारतीय सुरक्षा अधिकारीहरुलाई नेपाल बोलाएर हामीले काउन्टर पार्टस् मिटिङ्ग गरेका हौं । यसपटकको सन्दर्भ चाहिँ अयोध्यालाई लिएर भारत बढी संवेदनशील भएकाले हामी सुरक्षा सँग समन्वय गर्न यो बैठक त्यतै केन्द्रीत भयो ।

हाम्रो आफ्नो आन्तरिक संवेदनशीलताको व्यवस्थापन कसरी गर्दैछौं ?

आन्तरिक संवेदनशीलताको व्यवस्थापनमा हामीले अनुष्ठानमा सहभागी हुने कलश यात्रा आदी इत्यादीको नेतृत्व गर्ने हिन्दु जतिपनि संघ, संस्थाहरु हुनुहुन्छ उहाँहरुसँग हामीले एक चरणको वार्ता सकिसकेका छौं । आइतवार पुनः फाइनल वार्ता उहाँहरुसँग हुन्छ । कार्यक्रम सञ्चालन हुने मोडालिटी, हामीले उपलब्ध गराउनु पर्ने शान्ति सुरक्षाको अवस्थाहरु, कहीले काही हामीले कुनै खास क्षेत्रलाई निषेधित गर्नुपर्ने वा रुट परिवर्तन गर्नुपर्ने विभिन्न विषयहरु हुनसक्छ । हामी धेरै बैठकहरुमा सामेल हुँदैछौं । सर्वदलीय बैठक पनि आव्हान गरेका छौं आइतवार । त्यस्तै, सद्भाव समूहको बैठक पनि भोलि बस्दैछ । सुरक्षा समितिको निरन्तर बैठक बसिरहेको छ । नेपालगन्ज सद्भावको सहर जुन बलियो जग छ, त्यसलाई हामी थप मजबुत बनाउँछौं, यो कुरामा सबै आयोजक संस्थाहरु जो हामीसँग सम्पर्कमा हुनुहुन्छ, उहाँहरु पनि हामीलाई सहयोग गर्ने अवस्थामा हुनुहुन्छ ।

Exit mobile version