नेपालगन्जमा युवामैत्री स्थानीय शासनको अभियान

नेपालगन्ज उपमहानगरपालिकामा युवा मैत्री स्थानीय शासनको नयाँ अभियान सुरु भएको छ ।
एकाउन्टिविलिटि ल्यावको सहयोगमा बास नेपालद्वारा संचालित लोकतन्त्रको सवलिकरण, आवाज, युवा सहभागिता र मिडिया जवाफदेहिता परियोजना अन्तर्गत बास नेपालको केन्द्रीय कार्यालय नेपालगन्जमा अयोजित युवा संलग्नता मंच गठन कार्यक्रम मार्फत उक्त अभियानको नयाँ शिला सुरुवात भएको हो ।

सोमबार गठित मंचको संयोजकमा अन्जना चर्तुवेदी, सदस्य सचीवमा दिपीका देवकोटा सहित १९ जनाको समूह रहेको छ । समूहको सदस्यमा ऋतिक शाही, असोक रावल, सुमित्रा मल्ल, सोनी भाट, हिरा खत्री, मनोज घर्तिमगर, अस्लाम राई, रामु चिडिमार, प्रदिप कश्याप, नानीमाया जैसी, सन्तोसी चौधरी, पवन राज उपाध्यय, सलमान सलमानी, टेकराज जैसी, बब्लु शेष, सुमिता कुमाल लगाएतका व्यक्तिहरु रहेका छन् ।

नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४, पन्ध्रौं पञ्चवर्षीय योजना, राष्ट्रिय युवा नीति २०७२, राष्ट्रिय युवा परिषद् ऐन २०७२, युथ भिजन २०२५, युवामैत्री स्थानीय शासन दिग्दर्शत २०८० निर्माण भई कार्यान्वयनमा रहेका छन् । यसले युवाको समग्र पक्षलाई सम्बोधन गर्दै शासकीय प्रक्रिया तथा प्रणालीमा उनीहरूको संलग्नताका सम्बन्धमा विभिन्न व्यवस्था गरेको अवस्था भए पनि कार्यान्वयनको तहमा भने राज्य कमजोर देखिन्छ । राष्ट्रिय युवा परिषदले २०७५ सालमा नै देशभरका १५ ओटा पालिकालाई छनौट गरी नमुनाको रुपमा युवामैत्री स्थानीय शासनको अभ्यास गरेको थियो । हाल देशभरका अधिकांश पालिकामा भने कार्यन्वयनको अवस्था कमजोर छ ।

यही अवस्थालाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिकामा युवा संलग्नता मंच गठन गरिएको हो । मंच गठन संगै सहभागीहरुलाई युवा मैत्री स्थानीय शासनका विषयमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले अभिमुखिकरण प्रदान गरेका थिए । मंच गठन कार्यक्रमको सहजिकरण तथा कार्य पद्धतीका बारेमा परियोजना संयोजक रबिन्द्र बोहराले जानकारी गराएका थिए । कार्यक्रममा युवाहरुलाई सक्रिय रुपमा कार्य गर्न सुझाव सहित मंचमा चयन भएका सहभागीहरुलाई बधाई ज्ञापन गर्दै कार्यक्रमको समापन बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार वर्माले गरेका थिए ।

Exit mobile version