नेपालगन्ज : १ सय ७३ केजी मासु नष्ट

बजार अनुगमनका क्रममा बिक्रीका लागि अखाद्य मासु राखेको फेला परेपछि नष्ट गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख हरि बहादुर खत्रीले १९ वटा मासु पसल अनुगमन गर्दा गुणस्तहीन मासु फेला परेपछि नष्ट गरेको जानकारी दिएका छन् ।

संयुक्त बजार अनुगमन समितिले ५८ केजी खसीको मासु, १ सय ५ केजी कुखुराको मासु र १० केजी माछा नष्ट गरेको हो ।

अनुगमन समितिले दुई वटा मासु पसललाई जरिवानाको कारवाही पनि गरेको छ ।

वडा नं. १५ को मो. सरिफ फ्रेस हाउसलाई २० हजार र वडा नं. २० को दानिस फ्रेस हाउसलाई ५ हजार जरिवाना गरिएको हो ।

Exit mobile version