मुद्दा मिलाइन दिन्छु भन्दै असुली गर्ने पक्राउ

मुद्दा मिलाइदिन्छु भन्दै रकम लिएको आरोप लगाइएका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ ।

बाँके प्रहरीले दिएको जानकारी अनुसार नेपालगन्ज–१५ का राजेश गुप्ताले लागुऔषध मुद्दामा हिरासतमा रहेका एक व्यक्तिलाई छुटाइदिने भन्दै ३ लाख ७ हजार भारतीय रूपैयाँ लिएको परिवार र प्रतिवादीबाट जानकारी पाएपछि गुप्तालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले गुप्ता माथि थप अनुसन्धान अगाडि बढाएको बताएको छ ।

Exit mobile version