विपद् पीडितलाई भारतको राहत

काठमाडौ उपत्यका लगायत पुर्बी नेपालमा आएको बाढी, पहिरोबाट प्रभावित परिवारका लागि भारत सरकारले राहत सामग्री हस्तान्तरण गरेको छ ।

नेपालगञ्ज आइपुगेको औषधी लगायतका राहत सामग्रीको दोस्रो खेप भारत सरकारका दित्तिय सचिव नारायण सिंहले बाकेका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई हस्तान्तरण गरेका छन ।

भारत सरकारले उपलब्ध गराएका राहात सामाग्रीमा सरसफाई सामाग्री, औषधि, लामखुट्टेको जाली, लाइफ ज्याकेट, सुत्ने म्याट, खाद्यवस्तु, गम बुट, इन्फ्लेटेबल रबर डुङ्गा र मोटर रहको छ ।

करिब साढे २१ टन मानवीय सहायताका सामाग्री बोकेका ४ वटा ट्रक राहात सामाग्रीहरुलाई नेपालगन्ज बिमान स्थल स्थित मानबिय सहायता स्थलको गोदाम मै पुराएका थिए ।

गत सोमबार पनि भारत सरकारले पठाएका आपतकालीन राहत सामाग्री बोकेका दुई वटा ट्रक नेपालगन्ज आइपुगेका थिए । उक्त राहात सामाग्रीलाई भारत सरकारका तर्फबाट द्वितीय सचिव सिंह एक समारोहबीच बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई हस्तान्तरण गरेका थिए ।

राहत सामग्रीमा टारपोलिन, स्लिपिङ ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल रहेको द्वितीय सचिव सिंहले बताए ।

बिपदका कारण कष्टकर अबस्थामा रहेका प्रभाबित परिबारलाई भारत सरकारले रहात सामाग्री उपलब्ध गराएकोमा प्रमुख जिल्ला अधिकारी रिजालले आभार ब्यक्त गरेका थिए ।

नेपालमा विपत्ती आउदा भारत सरकारले छिमिकी फस्र्ट अभियान अन्तर्गत निरन्तर सहयोग गर्दै आएको छ । उसले २०७२ को भूकम्पका कारण कष्टकर अबस्थामा रहेका प्रभाबित परिबारलाई भारत सरकार बिमान नै पठाएर राहात सामाग्री र औषधीहरु उपलब्ध गराएको थियो ।

त्यसै गरी २०८० साल कात्तिकमा जाजरकोटमा आएको भूकम्पका कारण खुल्ला आकाश मुनी भोकै प्यासै बस्न बिबश भएका जाजरकोट र रुकुमका प्रभाबित परिबारलाई पनि भारत सरकारले राहत सामाग्री उपलब्ध गराएको थियो ।

त्यहि बेला राहात सामाग्री बोकेका भारतिय सेनाका बिमानहरुले नेपालगन्ज बिमान स्थल सम्मै राहात रामाग्रीहरु पुराएका थिए ।

बाढी र पहिरोका कारण कष्टकर अबस्थामा रहेका प्रभाबित परिबारलाई सहयोग प्रदान गर्न भारत सरकार प्रतिबद्ध रहेको नेपाल स्थितभारतिय दूतावासले जनाएको छ ।

Exit mobile version