देशमा आजः ८ बजे ८ खबर

  1. विश्वका १४ अग्ला हिमाल आरोहणमा नेपालका निमा रिन्जी शेर्पाले सबैभन्दा कान्छो आरोही र निर्मल पूर्जाले पुरक अक्सिनबिना सबैभन्दा छिटो आरोहणको विश्व कृतिमान बनाएका छन् ।
  2. काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ ।
  3. खानेपानीमन्त्री प्रदीप यादवले दशैंलगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले कुनैपनि कर्मचारीले आफूसँग भएको मोबाइल फोन अफ नगर्न निर्देशन दिएका छन् ।
  4. ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई डेडिकेटेड र ट्रंक लाइन, पोल र ट्रान्सफर्मर खरिद लगायतका १५ विषयमा विवरण मागेको छ । ऊर्जामन्त्री दीपक खड्काको अध्यक्षतामा बुधबार बसेको प्राधिकरणको बैठकमा घिसिङलाई १५ वटा बुँदा उल्लेख गर्दै १५ दिनभित्र ती विवरण बुझाउन भनिएको छ ।
  5. जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र वाग्मती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, मधेश र वाग्मती प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
  6. लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसको प्रमुख सचेतकमा जमुना ढकाल नियुक्त भएकी छन् ।
    यसअघि प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले दिएको राजीनामा दलका नेता डिल्लीबहादुर चौधरीले स्वीकृति गरी बुधबार ढकाललाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
  7. कुनै बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजीको १ प्रतिशत वा सोभन्दा माथि सेयर भएका सर्वसाधारण समूहका सेयरधनीका साथै सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र निजको एकाघर परिवारका सदस्यले सोही बैंकबाट कर्जा लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई जारी गरेको एकिकृत निर्देशिकामा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
  8. प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको संशोधन भन्दा कार्यान्वयनको पक्ष प्राथमिकतामा पर्नुपर्ने बताएका बताएका छन् । बुधबार सम्पादकहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले भने, ‘अहिले हाम्रो प्राथमिकता संविधान संशोधन होइन कार्यान्वयन हो ।’
Exit mobile version