‘सरकार अधिनायकवाद’

पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले सरकार अधिनायकवादको बाटोमा रहेको बताएका छन् ।

आइतबार नेकपा एकीकृत समाजवादी कोहलपुर नगर कमिटी पार्टी कार्यालय नेता कार्यकर्तालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले वर्तमान सरकारको आलोचना गर्दै सरकार अधिनायकवादको बाटोमा रहेको बताएका हुन् ।

‘सरकारले बाढीपहिरो पीडित नागरिकलाई सुरक्षित ब्यवस्थापन र उद्वार गर्नमा असक्षम देखियो’, पूर्व प्रधानमन्त्री नेपालले भने, ‘सरकारलाई जनताले हेरी सके दशैं गयो अब तिहारले सरकारलाई सद्बुद्वि आओस् ।’

अध्यक्ष नेपालले देशब्यापी रूपमा विभिन्न संगठन बिस्तार सँगै अब आगामी निर्वाचनमा नेकपा एकीकृत समाजवादी एक्लै चुनाव जानलाई तयार भएको बताएका थिए ।

उनले भने, ‘पार्टी एकिकरण अथवा कुनै पार्टीमा समाहित हुने कुरा निराहार भएकोले नेकपा एकीकृत समाजवादी पार्टी जनताको भएकोले जनताको बिचमै जनताको समस्या साथमा लिएर सधैं समाधानको पक्षमा छ ।’

कोहलपुर नगर कमिटी कार्यालयमा नगर ईन्चार्ज विष्णु पोख्रेलले अध्यक्ष नेपाललाई स्वागत गरेका थिए ।

अध्यक्ष नेपाल पार्टीको संगठन बिस्तार एवं कार्यकर्तालाई प्रशिक्षण गर्दै देश दौडाहामा रहेको क्रममा कोहलपुरमा पार्टी, नेता कार्यकर्तालाई सम्बोधन
गरेका हुन् ।

Exit mobile version