अमेरिकाले भारतका कैयौँ कम्पनीमाथि प्रतिबन्ध

युक्रेनविरुद्ध जारी युद्धमा रुसलाई सघाउ पुर्‍याएको आरोपमा अमेरिकाले १९ वटा भारतीय कम्पनीसहित विभिन्न देशका करिब ४०० कम्पनी एवं व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ।

अमेरिकाले एउटा वक्तव्य जारी गर्दै उसका विदेश मन्त्रालय, अर्थ मन्त्रालय र वाणिज्य मन्त्रालयले ती व्यक्ति तथा कम्पनीहरूमाथि अक्टोबर ३० देखि प्रतिबन्ध लगाइएको जनाएको हो।

अमेरिकी भूमिमा एकजना शिख नेता गुरपतवन्त सिंह पन्नूको हत्या षड्यन्त्रमा एक भारतीय नागरिकको भूमिकालाई लिएर वाशिङ्गटन र दिल्लीबीच तनाव सिर्जना भएकै बेला पछिल्लो प्रतिबन्धको खबर आएको छ।

प्रतिबन्धमा पर्नेमा भारतका साथै चीन, मलेशिया, थाईल्यान्ड, टर्की र संयुक्त अरब एमिरेट्सलगायत देशका छन्। -bbc nepali sews-

Exit mobile version