बाँकेको खजुरामा झाडा बान्ताबाट एक जनाको मृत्यु भएको छ । खजुरा गाउँपालिका वडा नम्बर वसन्तपुरमा एकै घरका ६ जनालाई झाडा बान्ता हुँदा एक जनाको मृत्यु भएको हो । गएराती ८ बजेतिर पुरी र तरकारी खाएका केशवराम यादव ९अहिर० का परिवार बिरामी परेका हुन् ।
झाडाबान्ताले ६५ वर्षीय केशवराम अहिरको मृत्यु भएको छ । अहिरको अटोरिक्सामा राखेर स्वास्थ्य संस्थामा लैजाने क्रममा मृत्यु भएको खजुरा गाउँपालिका स्वास्थ्य शाखाका सुशील थापाले जानकारी दिनुभयो ।
५५ वर्षीया चौरासिया यादव, २६ वर्षीय भुवन्तु यादव, ३५ वर्षीया जिना यादव, १४ वर्षीय जसमन यादव र ६ वर्षीय अमृत यादव बिरामी परेका छन् । बिरामी सबैको अहिले नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ ।
मृतकसहित गम्भीर बिरामी भएकालाई फुडप्वाइजन भएको आशङ्का गरिएको छ ।