घाईतेहरुलाई उपचारमा कुनै कमी हुन दिने छैनौं : मुख्यमन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीमा भएको दुर्घटनामापरी घाईते भएकाहरुको स्वास्थ्यवस्था बारे जानकारी लिनु भएको छ । बुटवल स्थित चौराह अस्पताल पुगेर मुख्यमन्त्री आचार्यले घाईतेहरुको अवस्था बारे जानकारी लिनु भएको हो । अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नं ६ खिल्जीमा सोमवार दिउँसो भएको दुर्घटनामा परी घाईते बिरामीहरुसंग भेट गर्दै उपचारमा कुनै कमी नहुनेगरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

बुटवल स्थित चौराह अस्पताल पुगेर मुख्यमन्त्री आचार्यले घाईतेहरुलाई भेट गर्दै स्वास्थ्यवस्था बारे जानकारी लिनु भएको मुख्यमन्त्रीको निजि सचिवालयले जनाएको छ । सो क्रममा मुख्यमन्त्री आचाईले घाईतेहरुको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिनु भएको छ ।

‘घाईतेहरुको उपचारमा कुनै कमी नहोस । सबै प्रकारको उपचार सेवा प्रदान गरिनुपर्छ’चिकित्सकहरु संग छलफल गर्दै मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘घाईतेहरुको उपचारमा कुनै कमी हुन नदिनुहोला ।’ दुर्घटनामा परेर दुई जनाको मृत्यु हुनुका साथै ३४ जना घाईते भएका थिए । घाइतेहरुको हाल अस्पतालहरुमा उपचार भइरहेको छ । भैलो खेलिरहेको समूहकै बीचबाट ना ३ ख २४७१ नम्बरको यात्रुवाहक अनियन्त्रित तवरले अघि बढ्दा यो दुर्घटना भएको थियो ।

Exit mobile version