पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रूपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा बेग्लै वार्डको स्थापना हुने भएको छ ।
वार्डको अभावले गर्दा अस्पतालमा सिकलसेलका विरामीहरू आउने तर भने जस्तो उपचार गर्न नसकिरहेको अवस्थामा अगामी मंसिर महिनाबाट आफुहरूले बेग्लै वार्ड व्यवस्था गरेर सञ्चालन गर्न लागेको भेरी अस्पताल नेपालगन्जमा प्रमुख मेसु डा. निराजन सुवेदीले बताए ।
‘खास गरी थारु समुदायमा देखिने सिकलसेल एनिमिया रोग समस्याका रूपमा देखिएको थियो, यसलाई बेग्लै वार्ड स्थापना गरेर सञ्चालन गर्नु पर्ने जरुरी नै थियो’, भेरी अस्पताल नेपालगन्जमा प्रमुख मेसु सुवेदीले भने, ‘भेरीमा अन्य बिरामीहरूको उपचार पनि गर्नु पर्ने भएको र सिकलसेलका बिरामीको पनि उपचार गर्नु पर्ने हु“दा समस्या थियो उपचारमा, सिकलसेलका बिरामीहरूको हात खुट्टा तथा छातीमा सहन नसक्ने पीडा हुने हुँदा भर्ना गर्नुपर्ने अवस्था हुन्छ तर यसका लागि वार्ड थिएन, अब हामीले भेरीको तेस्रो तल्लामा यसको स्थापना हुन्छ ।’
‘दैनिक जसो दुई तीन जनालाई रगत चढाउनु पर्ने हुन्छ तर यसको लागि निश्चित ठाउँ नहुँदा निकै अप्ठारो थियो, यसका लागि कतिपटक यहाँ ज्ञापनपत्र समेत बुझाउन आउनु भएको थियो हामीले यसका बारेमा मन्त्रालयमा जानकारी समेत दिएका थियौ, मन्त्रालयबाट निर्णय भएको हामी निकै खुशी पनि छौ,’ प्रमुख मेसु सुवेदीले भने ।
भेरी अस्पताल बिकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहले बाँके, बर्दिया लगायतका पश्चिम तराईका थारु समुदायहरूमा प्रमुख स्वास्थ्य समस्याको रूपमा सिकलसेल रहेको बताए । भेरी अस्पतालले रगत चढाउने काम पनि गर्दै आएको जानकारी दिंदै भने, ‘तर यसको उपचारमा छुट्टै वार्ड नहँुदा समस्या रहेको थियो ।’
अध्यक्ष शाहले भने, ‘खासगरी हामीले स्वास्थ्य सेवा दिने हो, त्यसमा पनि सिकलसेलका विरामीहरू र अन्य विरामीहरूलाई एकस्थानमा उपचार दिदाँ राम्रो सेवा दिन सकिएन की भन्ने प्रश्न थियो तर अब यो समस्या रहँदैन ।’
स्वास्थ्य तथा जनसख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थारु समुदायको प्रमुख समस्याको उपचारका लागि बेग्लै वार्ड स्थापना गरेर विशेष उपचारको व्यवस्था गर्ने निर्णय गरेका हुन । ठुलो संख्यामा थारु समुदायमा समस्या देखिए पनि यसको उपचारका लागि पर्याप्त व्यवस्था हुन नसकिरहेको अवस्थामा भेरीमा छुट्टै वार्डको व्यवस्था गरी उपचार गरे निकै सेवा प्रभाकारी हुने देखिन्छ ।
नेपाली कांग्रेसका तर्फबाट स्वास्थ्य मन्त्री बनेको मन्त्री पौडेलले भेरी अस्पताल नेपालगन्जमा हेमोग्लोनिाप्याथी वार्ड स्थापनाको निर्णय गर्दै भर्ना हुने बिरामीहरूका लागि समेत छुट्टै व्यवस्था गराउने निर्णय गरेका हुन् । पछिल्लो समय पौडेल स्वास्थ्य मन्त्री भएदेखि स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधारका कामहरू भएको देखिन्छ ।