- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । सोमबार बेलुकीदेखि ज्वरो आएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो ।
- सवारी चेकजाँचका क्रममा ट्राफिक प्रहरीले सवारी चालकको चाबी खोस्ने निर्णयमा रोक लगाउन माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएको छ । कानुनका विद्यार्थी विवेक चौधरीले ट्राफिक प्रहरीको उक्त कार्य कानुन स्वमत नभएको दाबीसहित रिट दायर गरेका हुन् ।
- अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक विजयी भएका छन् । ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
- राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलको राजदूतमा प्राध्यापक धनप्रसाद पण्डितलाई नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले पण्डितलाई बुधबार राजदूतमा नियुक्त गरेका हुन् ।
- मुख्यमन्त्रीलाई समेत जानकारी नदिइ सुटुक्क जापान गएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् ।
- नक्कली खोटा नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा नक्कली खोटा मुद्रा निर्माण गरी कारोबार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार साँझ ५ किलो ७ सय ग्राम सुनसहित ३ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार एयर अरेबियाको जहाजमार्फत यूएईको शारजाहबाट काठमाडौं आएका एक चिनियाँ र २ म्यानमारका नागरिक सुनसहित पक्राउ परेका हुन् ।
- सर्वोच्च अदालतबाट दोषी ठहर भएसँगै गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे सम्पर्कविहीन भएका छन् । मंगलबार सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।