बागेश्वरीमा गरिंदै ‘महाआरती उत्सव’

प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार साँझ गरिंदै आएको महाआरतीको सयौं संस्करण पनि भोलि सोमबार ‘महाआरती उत्सव’का रूपमा गरिने भएको छ ।

बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले शनिबार पत्रकार सम्मेलन गरी महाआरतीले अपेक्षित उद्देश्य अनुरूप सफलता प्राप्त गरिरहेकोमा सन्तोष व्यक्त गरेको छ । ‘अब महाआरतीको निरन्तरताका लागि स्रोत सुनिश्चितता अभियामा हामी केन्द्रित छौं’, गुठीका कार्यवाहक अध्यक्ष ओम प्रकाश आजादको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सचिव गोपाल अधिकारीले भने ।

सयौं संस्करणलाई भव्य बनाउन नन्दलाल वैश्यको संयोजकत्वमा समिति बनाइएको बताइएको छ । ‘महाआरतीले संस्थागत स्वरूप ग्रहण गरिसक्दा हालसम्म ६२ जनाकर्ताहरूले पुजाअर्चना गर्नुभएको छ’, स्रोत सुनिश्चितताका लागि कर्ता महत्वपूर्ण रहेको तर्क गर्दै महाआरती सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक सुनिल सिंह हमालले भने । पूर्व राजा ज्ञानेन्द्र शाहदेखि लुम्बिनीका तत्कालीन मुख्यमन्त्री डिल्ली चौधरीसम्मले मुख्यकर्ताका रूपमा महाआरती आयोजना गरेका छन् ।

महाआरतीको ९९औं संस्करणसम्म विभिन्न चन्दादाताहरूले १९ लाख ८५ हजार ९ सय १८ रूपैयाँ दान गरेको गुठीले जनाएको छ । त्यसक्रममा महाआरतीमा १७ लाख ५ हजार १ सय ९३ रूपैयाँ खर्च भएको जानकारी दिंदै गुठीले २ लाख ८० हजार ७ सय २५ रूपैयाँ बचत गर्न सफल भएको गुठीले दिएको जानकारीमा उल्लेख छ ।

Exit mobile version