निजी क्षेत्र निराश

‘राष्ट्रिय अर्थतन्त्र : तिव्र दबाब र प्रभाव’ अबको निकास के ? जवाफ खोज्न आइतबार नेपालगन्जमा बृहत अन्तरक्रियात्मक बहसको आयोजना गरिएको छ । एभिन्यूज टेलिभिजनले आफ्नो एजेन्डाका रूपमा देशका विभिन्न भागमा आयोजना गरेको बहसमा सहभागी निजी क्षेत्रका बहुसंख्यक प्रतिनिधिहरूले आर्थिक क्षेत्रमा बढ्दो निराशाप्रति चिन्ता व्यक्त गरे ।

राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जीवि नेपाल, कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री राजिव विक्रम शाह, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी र महासंघका कर्णाली प्रदेश अध्यक्ष पदम बहादुर शाही प्यानलिष्ट रहेको बहसमा सहभागीहरूले आर्थिक क्षेत्रमा बढ्दो निराशाको कारणबारे आफ्ना धारणा राखे ।

‘आर्थिक रूपमा आम नागरिक, व्यवसायी धराशयी भैरहँदा राजनीतिक नेतृत्व र ब्यूरोक्रेसी भने मोटाइरहेको छ’, अस्थिर नीति र राजनीतिक हस्तक्षेपका कारण अर्थतन्त्र डामाडोल भैरहेको टिप्पणी गर्दै विभिन्न सहभागीहरूले भने । टेलिभिजनका कार्यकारी अध्यक्ष भाष्करराज कर्णीकारले सहजीकरण गरेको कार्यक्रममा उद्योगी, व्यवसायी क्षेत्रका अधिकांस प्रतिनिधिहरूले धारणा राखेका थिए ।

Exit mobile version