संस्थागत विद्यालयहरूको संगठन, नेपाल निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)को १६औं जिल्ला अधिवेशन आज शनिबार नेपालगन्जमा हुँदैछ । १६ औं अधिवेशनको औपचारिक कार्यक्रमसँगै आगामी कार्यकालका लागि नयाँ नेतृत्व पनि चयन हुँदैछ । त्यसअघि यसअघि नै आकांक्षीहरूले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी परेपनि सर्वसम्मतिका लागि निर्वाचन कार्यक्रम नहुँदासम्म उम्मेदवारी फिर्ताको समय राखिएको छ ।
प्रमुख निर्वाचन अधिकृत विकास आचार्यले वरिष्ठ उपाध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको जानकारी दिए । गोविन्द सुवेदी, दिनेश राज शर्मा, नरेन्द्र श्रेष्ठ, मनोज गिरीको उम्मेदवारी परेको हो ।
उपाध्यक्षमा एक पदका लागि रोशन श्रेष्ठको मात्रै उम्मेदवारी परेको छ । एक सचिव पदका लागि महेन्द्र प्रसाद शर्मा आचार्य, लक्ष्मण बहादुर सिंह, कोषाध्यक्षमा प्रविण गिरी, सहसचिवमा गणेशमान आचार्य, सहकोषाध्यक्षमा नरेन्द्र कुमार झाको उम्मेदवारी परेको छ ।
त्यस्तै, पालिका सदस्यमा बिराउन शेष (विर), ठगीराम दमाई, नवकिरण शाह, महेन्द्र बहादुर सेडाई, गौरव गिरी, दिप कुमार गुप्ता, अब्दुल गफ्फार खाँको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत आचार्यले जानकारी दिए ।
त्यस्तै, सदस्यमा धर्मसिंह कार्की (सुभाष), ओमप्रकाश चन्द ठकुरी, राम बहादुर जिसी, कमलेश शाह र हिम प्रसाद तिमिल्सिनाले उम्मेदवारी दिएका छन् । निर्वाचन सफलिभूत बनाउन आचार्यको नेतृत्वमा प्याब्सन बाँकेका पूर्व अध्यक्ष विद्यमान राजभण्डारी र डा. राजेशकेशर खनाल रहेको तीन सदस्यीय निर्वाचन समिति बनाइएको प्याब्सन बाँकेले जनाएको छ ।
बाँकेका १ सय ५ वटा संस्थागत विद्यालय रहेको प्याब्सन बाँकेले यसअघि कोहलपुरबाट यम रावतलाई नेतृत्वमा पुर्याएको थियो भने त्यसअघि खजुराका राजेन्द्र आचार्यले नेतृत्व गरेका थिए ।