बाँके : ६ महिनामा ५ हजार बढी राहदानी सिफारिस

बाँकेमा पछिल्लो ६ महिनामा मात्रै विदेशिनका लागि ५ हजार बढीले राहदानी सिफारिस लिएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेको तथ्यांक अनुसार, गत साउनदेखि पुससम्म ५ हजार २९ जनालाई राहदानी सिफारिस गरिएको हो । पहिलो त्रैमासिक साउनदेखि असोज मसान्तसम्म २ हजार ८ सय ५० जना र कार्तिकदेखि पुस मसान्तसम्म २ हजार १ सय ७९ जनालाई राहदानीका लागि सिफारिस गरिएको हो । वैदेशिक रोजगारी, अध्ययन, घुमफिर तथा आफन्त भेटघाट प्रयोजनका लागि राहदानी बनाइने गरेको छ ।
पछिल्लो साउनदेखि पुस मसान्तसम्मको अवधीमा जिल्ला प्रशासन कार्यालय बाँकेले राहदानी सिफारिस वापत ४ करोड १३ लाख ५२ हजार ५ सय २० रूपैयाँ राजश्व संकलन गरेको छ ।

Exit mobile version