आन्दोलन जारी रहन्छ : कर्मचारी

ओपीडी बन्द गरेर तीन सातादेखि स्वास्थ्यकर्मीहरू आन्दोलनरत् रहँदा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजले ३ सय शैय्याको अस्पताल र कलेज सञ्चालनका प्रक्रिया सुरु गरेको छ । त्यसका लागि बोर्ड राख्ने तथा जनशक्ति माग सञ्जीवनीले गरेको हो ।

यससँगै मंगलबार पत्रकार सम्मेलन गरी आन्दोलनरत् कर्मचारीहरु आन्दोलन निरन्तर जारी राख्ने बताएका छन् ।

कर्मचारीहरुद्वारा गठित संघर्ष समिति संयोजक रत्ना गिरीले कर्मचारीमा फुट ल्याउने हिसाबले अवैधानिक ढंगबाट नेपालगन्ज मेडिकल कलेजको बोर्ड फेरिएको बताइन् । उनले आन्दोलन जारी रहने उल्लेख गर्दै बार्ता समाधान खोज्न आफुहरु अझै पनि तयार रहेको बताइन् ।

सहसंयोजक यम बहादुर खड्काले आन्दोलन चलिरहेका बेला अस्तापल व्यवस्थापन अवैधानिक ढंगले कर्मचारी विरुद्ध अदालत गएको भन्दै आपत्ति जनाएका छन् ।

त्यस्तै, सुमन गिरीले नेपालगन्ज मेडिकल कलेजका कर्मचारी व्यवस्थापन नगरी नयाँ संस्थाको बोर्ड राखिनु अवैधानिक भएको बताइन् ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

https://www.facebook.com/watch?v=442188355635275

Exit mobile version