राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी व्यवस्थापन आफ्नो हातमा लिएको कर्णाली डेभलपमेन्टले आफ्ना सबै शाखाहरुबाट भुक्तानी सुरु गर्ने भएको छ ।
बैंकले प्रतिशाखा दैनिक ५० जनालाई २५ हजारले भुक्तानी गर्ने जानकारी दिएको छ । जसमा ज्येष्ठ नागरिक, बिरामी र बालबालिकालाई प्राथमिकता दिइने बैंकले जनाएको छ ।