इलाका प्रहरी कार्यालय कोहलपुरले हत्या मुद्दामा सर्वस्व सहित जन्मकैदको फैसला तोकिएका फरारलाई १४ बर्षपछि पक्राउ गर्न सफल भएको छ ।
बाँके जिल्ला अदालत, बाँकेको मिति २०७३ पुस १८ गतेको फौसलाले कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैद सजाय तोकिएका राप्तिसोनारी गा.पा. वडा नं. ९ बस्ने बर्ष ३० को धन बहादुर थारुलाई बुधबार पक्राउ गर्न सफल भएको हो ।
१४ बर्ष ६ महिनादेखि फरार उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले पक्राउ गर्न सफल भएको हो ।