समयमा काम नगर्नेको म्याद थपिंदैन

नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले निर्माण कम्पनीका ठेकेदारहरूलाई ठेक्का अवधीमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् । बुधबार नेपालगन्जका विभिन्न तीन वटा विकास निर्माणको कामको शिलान्यास गर्दै नगर प्रमुख विष्ट सम्झौता अनुसार काम अगाडि बढाउन ठेकेदारलाई निर्देशन दिएका हुन् ।
स्थानीय तहले दिने ठेक्काहरूको काम समयमा नहुने र पटकपटक म्याद थप हुने गरेको गुनासो स्थानीयबासीको छ । नेपालगन्ज उपमहानगरपालिकाले दर्जन बढी समयमै काम नगर्ने ठेकेदारको म्याद थप गरेको छ । ठेक्का दिइसकेपछि निर्धारित समयमा काम नगरेपनि ठेक्का रद्द गरी अर्को ठेक्का लगाउँदा व्याय भार समेत बढ्ने भन्दै उपमहानगरपालिकाले केही महिना अघि विभिन्न ठेक्काको म्याद समेत थपेको थियो ।
नेपालगन्ज नगर प्रमुख विष्टले दैनिक नेपालगन्जको प्रश्नमा समयमा काम नगर्ने ठेकेदारको म्याद थप गर्दा समयमै काम नगर्ने प्रवृत्ति देखिन थालेको भन्दै अब निर्धारित समयमा काम नगर्ने ठेकेदारको म्याद थप नगर्ने बताएका हुन् ।
‘ठेक्का सम्झौता गरेपछि समयमै काम गर्नुपर्छ, नगर प्रमुख विष्टले दैनिक नेपालगन्जसँग भने, ‘चालु आर्थिक बर्षमा ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले निर्धारित समयमा काम सम्पन्न नगरेमा ठेक्का अवधी थप गर्दैनौं ।’

\n

नेपालगन्ज उपमहानगरपालिकाले बुधबार तीन वटा विकास निर्माण सम्बन्धी कार्यको शिलान्यास गरेको छ । उपमहानगरपालिकाले दुई वटा सडक पीच तथा बागेश्वरी चिल्ड्रेन पार्कको सौन्दर्यकरण कार्य सुरु गरेको हो । उक्त कार्यको नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले शिलान्यास गरेका थिए ।
नेपालगन्जका फुटाहा सडक र पासाङ ल्हामु मार्ग अस्फाल्ट पीच उपमहानगरपालिकाले शिलान्यास गरेको हो । नेपालगन्ज–१९ फुटाहादेखि एसके डेरी उद्योगसम्म ३ सय ७५ मिटर लामो र ६ मिटर चौडा बाटो तथा सुर्खेतरोडदेखि टाँगा स्टेशन जोड्ने ५ सय ५० मिटर लामो र ८ मिटर चौडा पासाङ ल्हामु मार्ग अस्फाल्ट पीच हुने भएका हुन् ।
फुटाहा सडक लुम्बिनी प्रदेशको समपूरक बजेट र नेपालगञ्ज उपमहानगरपालिकाको संयुक्त लागतमा पीच हुन लागेको हो । ६० लाख बजेटमा बन्न लागेको उक्त सडक सात भाई निर्माण सेवासंगको ठेक्का सम्झौतामा असार १५ गतेभित्र सम्पन्न हुने इन्जिनियर ईश्वरी सापकोटाले जानकारी दिए । त्यसअवसरमा नगर उपप्रमुख कमरुद्दिन राई, पूर्वाधार विकास समिति संयोजक बसन्तकुमार कनोजिया, वडा नम्बर १९ का वडा अध्यक्ष प्रशुराम कुर्मी, वडा सदस्य रामसहावन बर्मा, वडा सचिव तेजेन्द्र रोकाय, इन्जिनियर चन्दन राज दास लगायतको उपस्थिति थियो ।
नगरस्तरीय ७५ लाख बजेटमा अस्फाल्ट पीच हुन थालेको पासाङ ल्हामु मार्ग असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी पिके कन्स्ट्रक्सनसंग ठेक्का सम्झौता गरिएको इन्जिनियर मबिन्द्रमान श्रेष्ठले जानकारी दिए । त्यस अवसरमा नगर उपप्रमुख कमरुद्दिन राई, पूर्वाधार विकास समिति संयोजक कनोजिया, वडा नम्बर ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यप, सब इन्जिनियर पवन बुढा लगायतको उपस्थिति थियो ।
अस्फाल्ट पीच सडकको शिलान्यास गर्दै नगर प्रमुख विष्टले छिटो, छरितो र गुणस्तरीय काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका थिए । उनले गुणस्तरीय कामका लागि स्वयम् टोलबासीले पनि चासो र खबरदारी गर्नुपर्ने बताए । विष्टले सडक पूर्वाधार विकासमा नेपालगन्ज उपमहानगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताए ।
नगर उपप्रमुख राईले पूर्वाधार विकासको मुख्य कडी मानिने सडक स्तरोन्नतिको काम प्राथमिकताका साथ भइरहेको बताए । सडकको गुणस्तरमा कुनै कम्प्रमाइज नगर्न राईले निर्देशन दिए । वडा नम्बर ११ का वडा अध्यक्ष कश्यप र वडा नम्बर १९ का वडा अध्यक्ष कुर्मीले सडक स्तरोन्नति हुँदै गर्दा निकै खुसी लागेको बताउँदै निर्वाचन ताका नागरिकसमक्ष गरिएको बाचा पूरा हुने चरणमा रहेको उल्लेख गरे ।
‘बागेश्वरी चिल्ड्रेन पार्कको सौन्दर्यकरण कार्य सुरु’
बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको बागेश्वरी चिल्ड्रेन पार्कको सौन्दर्यकरण कार्य सुरु भएको छ । नगर प्रमुख प्रशान्त विष्टले बुधबार एक कार्यक्रमका बीच पार्क सौन्दर्यकरण कार्यको शिलान्यास गरेका छन् । बागेश्वरी काल भैरव कन्स्ट्रक्सनले ३० लाख बजेटमा पार्कको वरिपरि पर्खाल निर्माण, माटो पटान, ग्राभेल लगायतका काम गर्ने गरी सम्झौता भएको नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर प्रमोदकुमार हरिजनले जानकारी दिए । असार मसान्तभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ ।
नेपालगन्ज उपमहानगर पालिकाले त्यस क्षेत्रमा रहेका अस्थायी ब्यापारिक सटरहरू डोजर लगाएर भत्काएको थियो । बालबालिकाका लागि खेल्ने र रमाउने सुन्दर ठाउँका रूपमा त्यस क्षेत्रलाई विकास गर्न चिल्ड्रेन पार्क बनाउने गरी नेपालगञ्ज उपमहानगरपालिकाले काम थालेको छ । केही भागलाई पार्किङ स्थलका रूपमा पनि छुट्ट्याउने योजना छ ।
शिलान्यास कार्यक्रममा नगर प्रमुख विष्टले समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । त्यस अवसरमा उपप्रमुख कमरुद्दिन राई, पूर्वाधार विकास
समिति संयोजक बसन्तकुमार कनोजिया, वडा नम्बर २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो ।

\n

,

नेपालगन्जमा तीन विकास निर्माण कार्यको एकै दिन शिलान्यास

नेपालगन्ज उपमहानगरपालिकाले बुधबार तीन वटा विकास निर्माण सम्बन्धी कार्यको शिलान्यास गरेको छ । उपमहानगरपालिकाले दुई वटा सडक पीच तथा बागेश्वरी चिल्ड्रेन पार्कको सौन्दर्यकरण कार्य सुरु गरेको हो । उक्त कार्यको नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले शिलान्यास गरेका थिए ।


नेपालगन्जका फुटाहा सडक र पासाङ ल्हामु मार्ग अस्फाल्ट पीच उपमहानगरपालिकाले शिलान्यास गरेको हो । नेपालगन्ज–१९ फुटाहादेखि एसके डेरी उद्योगसम्म ३ सय ७५ मिटर लामो र ६ मिटर चौडा बाटो तथा सुर्खेतरोडदेखि टाँगा स्टेशन जोड्ने ५ सय ५० मिटर लामो र ८ मिटर चौडा पासाङ ल्हामु मार्ग अस्फाल्ट पीच हुने भएका हुन् ।


फुटाहा सडक लुम्बिनी प्रदेशको समपूरक बजेट र नेपालगञ्ज उपमहानगरपालिकाको संयुक्त लागतमा पीच हुन लागेको हो । ६० लाख बजेटमा बन्न लागेको उक्त सडक सात भाई निर्माण सेवासंगको ठेक्का सम्झौतामा असार १५ गतेभित्र सम्पन्न हुने इन्जिनियर ईश्वरी सापकोटाले जानकारी दिए । त्यसअवसरमा नगर उपप्रमुख कमरुद्दिन राई, पूर्वाधार विकास समिति संयोजक बसन्तकुमार कनोजिया, वडा नम्बर १९ का वडा अध्यक्ष प्रशुराम कुर्मी, वडा सदस्य रामसहावन बर्मा, वडा सचिव तेजेन्द्र रोकाय, इन्जिनियर चन्दन राज दास लगायतको उपस्थिति थियो ।


नगरस्तरीय ७५ लाख बजेटमा अस्फाल्ट पीच हुन थालेको पासाङ ल्हामु मार्ग असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी पिके कन्स्ट्रक्सनसंग ठेक्का सम्झौता गरिएको इन्जिनियर मबिन्द्रमान श्रेष्ठले जानकारी दिए । त्यस अवसरमा नगर उपप्रमुख कमरुद्दिन राई, पूर्वाधार विकास समिति संयोजक कनोजिया, वडा नम्बर ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यप, सब इन्जिनियर पवन बुढा लगायतको उपस्थिति थियो ।


अस्फाल्ट पीच सडकको शिलान्यास गर्दै नगर प्रमुख विष्टले छिटो, छरितो र गुणस्तरीय काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका थिए । उनले गुणस्तरीय कामका लागि स्वयम् टोलबासीले पनि चासो र खबरदारी गर्नुपर्ने बताए । विष्टले सडक पूर्वाधार विकासमा नेपालगन्ज उपमहानगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताए ।


नगर उपप्रमुख राईले पूर्वाधार विकासको मुख्य कडी मानिने सडक स्तरोन्नतिको काम प्राथमिकताका साथ भइरहेको बताए । सडकको गुणस्तरमा कुनै कम्प्रमाइज नगर्न राईले निर्देशन दिए । वडा नम्बर ११ का वडा अध्यक्ष कश्यप र वडा नम्बर १९ का वडा अध्यक्ष कुर्मीले सडक स्तरोन्नति हुँदै गर्दा निकै खुसी लागेको बताउँदै निर्वाचन ताका नागरिकसमक्ष गरिएको बाचा पूरा हुने चरणमा रहेको उल्लेख गरे ।


‘बागेश्वरी चिल्ड्रेन पार्कको सौन्दर्यकरण कार्य सुरु’


बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको बागेश्वरी चिल्ड्रेन पार्कको सौन्दर्यकरण कार्य सुरु भएको छ । नगर प्रमुख प्रशान्त विष्टले बुधबार एक कार्यक्रमका बीच पार्क सौन्दर्यकरण कार्यको शिलान्यास गरेका छन् । बागेश्वरी काल भैरव कन्स्ट्रक्सनले ३० लाख बजेटमा पार्कको वरिपरि पर्खाल निर्माण, माटो पटान, ग्राभेल लगायतका काम गर्ने गरी सम्झौता भएको नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर प्रमोदकुमार हरिजनले जानकारी दिए । असार मसान्तभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ ।


नेपालगन्ज उपमहानगर पालिकाले त्यस क्षेत्रमा रहेका अस्थायी ब्यापारिक सटरहरू डोजर लगाएर भत्काएको थियो । बालबालिकाका लागि खेल्ने र रमाउने सुन्दर ठाउँका रूपमा त्यस क्षेत्रलाई विकास गर्न चिल्ड्रेन पार्क बनाउने गरी नेपालगञ्ज उपमहानगरपालिकाले काम थालेको छ । केही भागलाई पार्किङ स्थलका रूपमा पनि छुट्ट्याउने योजना छ ।


शिलान्यास कार्यक्रममा नगर प्रमुख विष्टले समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । त्यस अवसरमा उपप्रमुख कमरुद्दिन राई, पूर्वाधार विकास समिति संयोजक बसन्तकुमार कनोजिया, वडा नम्बर २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो ।

Exit mobile version