नेपाल निजामती कर्मचारी संगठन, बाँकेको अध्यक्षमा पूनः देवीलाल चौलागाईं निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न संगठनको ११ औं जिल्ला अधिवेशनबाट चौलागाईं निर्विरोध निर्वाचित भएका हुन् । आम कर्मचारी माझ लोकप्रिय छवी बनाएका चौलागाईंको विरुद्धमा कसैको पनि उम्मेद्वारी नपरेपछि निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । अधिवेशनले १९ सदस्यीय जिल्ला कार्य समिति सहित केन्द्रिय प्रतिनिधि, प्रदेश प्रतिनिधि र लेखापरीक्षण आयोगका सदस्य समेत सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनको उद्घाटन एवं खुला सत्रमा प्रतिनिधि सभा सदस्य एवं नेकपा (एमाले) केन्द्रिय सदस्यद्वय सुर्य ढकाल र दिपा शर्मा, नेकपा (एमाले) बाँके अध्यक्ष निरक गुरुङ, सचिवालय सदस्य एवं कार्यालय सचिव कृष्ण कुमार थापा, संगठनका केन्द्रिय सचिव राजबहादुर पछाई, केन्द्रिय सदस्यद्वय गणेश रिजाल र भिम रावल, नेपाल राष्ट्रिय शिक्षक संगठनकी अध्यक्ष रेखा धिताल लगायत कर्मचारी सम्बद्ध विभिन्न संघ संगठनका प्रतिनिधिहरुले आ–आफ्नो धारणा राखेका थिए ।
बन्द सत्रमा अध्यक्ष देवीलाल चौलागाईद्वारा प्रस्तुत “समसायिक राष्ट्रिय सन्दर्भ, बाँके जिल्लाको वस्तुस्थिति र संगठनको भावी कार्यदिशा एवं कार्यभार“ विषयक प्रतिवेदन सचिव बसन्त कुमार थापाद्वारा प्रस्तुत सांगठनिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष तेजेन्द्र रोकायाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफल सहित पारित गरिएको थियो ।