सम्पत्ति शुद्धिकरणमा सहकारी

सहकारीमा हुने कारोबारको पारदर्शीताका लागि सरकारले आवश्यक पहल थालेको छ । त्यसका लागि जिल्ला स्थित सहकारी संस्थाको कारोबारमा आवश्यक शुद्धिकरणमा ध्यान दिइएको छ । जिल्ला सहकारी संघ बाँकेले सम्पत्ति शुद्धिकरण निवारणमा सहकारी संस्थाहरूलाई सचेत बनाउन आवश्यक पहल लिएको छ ।

जिल्ला सहकारी संघ बाँकेले त्यसक्रममा सोमबार जिल्लाका ८० बढी सहकारी सहकारी संस्थाका प्रतिनिधिहरूलाई सम्पत्ति शुद्धिकरण निवारणमा सहकारी संस्थाहरूको भूमिकाबारे अभिमूखिकरण गरेको हो ।

संघका अध्यक्ष प्रेस प्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी विकास बोर्ड लुम्बिनीका कार्यकारी उपाध्यक्ष टिकाराम पोखरेलले प्रदेशभरीकै सहकारीहरूको अनुगमन र नियमनका लागि बोर्डले काम गरिरहेको बताए । उनले अनुगमनका आधारमा सहकारी संस्थाहरूको वर्गीकरण गरी नियमन गरिने पनि जानकारी दिए ।

‘थोरै सहकारी संस्थामात्रै समस्यामा पर्दा ठूलो नोक्सानी भएको छ’, बोर्डका कार्यकारी उपाध्यक्ष पोखरेलले सहकारी प्रतिनिधिहरू बीच आफ्नो प्रस्तुति गर्दै भने, ‘त्यसैले राम्रो गर्नेहरूलाई प्रोत्साहन र खराब संस्थाहरूलाई नियमन सहितको सुधार प्रयास आवश्यक भएकाले बोर्डले काम गरिरहेको हो ।’

कार्यक्रममा नेपाल राष्ट्र बैंक डेपुटी डाइरेक्टर राहुल कनोजियाले सम्पत्ति शुद्धिकरणका विविध पक्षहरूबारे
आफ्नो प्रस्तुति गर्दै सहकारीको कारोबारमा हेक्का राख्नुपर्ने विषयहरू प्रष्ट पारेका थिए । त्यसअघि जिल्ला भूमि सुधार आयोजक बाँकेका अध्यक्ष घननाथ खनालले अभिमूखिकरणको उद्घाटन गरेका थिए ।

Exit mobile version