अनुसन्धान केन्द्रको महत्वलाई नेपालजस्तो विकासोन्मुख देशमा निकै महत्वपूर्ण तरिकाले लिनु पर्छ । प्राविधिको बिकास बिना कुनै पनि देशको वास्तविक विकास सम्भव छैन । नेपालका प्राकृतिक स्रोत जैविक विविधता र सांस्कृतिक धरोहर अनुसन्धानको दृष्टिले अत्यन्तै महत्वपूर्ण देखिन्छ । यद्यपि हाम्रो देशमा अनुसन्धान केन्द्रहरू नै छैनन् । फलस्वरूप हामीले विज्ञान प्रविधि र नवप्रवर्तनमा महत्वपूर्ण उपलब्धिहरू हासिल गर्न सकि रहेका छैनौँ । आविष्कार केन्द्रको अभावले गर्दा हामीलाई विदेशी प्रविधिमा निर्भर रहनुपरेको छ जसले आत्मनिर्भरताको अवधारणालाई चुनौती दिएको छ । महावीर पुनले अनुसन्धान केन्द्रको स्थापना अभियानले अझ प्रष्टसँग सबैलाई आविष्कार केन्द्रको बारेमा जानकारी दिएको छ । पुनको अभियानले ग्रामीण क्षेत्रका समस्याहरूलाई विज्ञान र प्रविधिको सहायताले समाधान गर्दै देशका लागि दीर्घकालीन परिवर्तन ल्याउन सकिन्छ भन्ने तथ्य स्थापित गरेको छ ।
नेपालमा अनुसन्धान र नवप्रवर्तनको विकासको लागि सरकारी सहयोग निजी क्षेत्रको लगानी र स्थानीय जनताको सक्रिय सहभागिता निकै जरुरी छ । महावीर पुनले नेपालमा अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्न पु¥याएको योगदान ऐतिहासिक छ । महावीर पुनको अभियानले केवल अनुसन्धानको महत्त्वलाई मात्र देखाएको छैन, यसले राष्ट्रलाई दिगो विकासतर्फ लैजाने मार्ग पनि पहिल्याएको छ । नेपालका अधिकांश प्रतिभाशाली युवा, जो अवसर र स्रोतको अभावमा विदेश पलायन भइरहेका छन्, अनुसन्धान केन्द्रहरूले ती युवाहरूलाई नेपालमै अवसर सिर्जना गरेर देशको समृद्धिमा योगदान गर्न मद्दत पुगाउनेछ । राष्ट्रका विभिन्न सामाजिक आर्थिक शैक्षिक र प्राविधिको क्षेत्रहमा विकास र दीर्घकालीन समाधानका लागि निकै महत्वपूर्ण छ ।
नेपालको विविध भौगोलिक अवस्था प्राकृतिक स्रोत साधनको प्रचुरता र सामाजिक सांस्कृतिक जटिलताहरूलाई सम्बोधन गर्न अनुसन्धान केन्द्रले महत्त्वपूर्ण योगदान पु¥याउन सक्छन् । नेपालमा जलवायु परिवर्तन कृषि स्वास्थ्य सेवा शिक्षा ऊर्जा र प्रविधिको क्षेत्रमा व्यापक सुधार गर्न अनुसन्धान गर्न निकै जरुरी छ । उदाहरणका लागि कृषि क्षेत्रमा अनुसन्धानले स्थानीय बालीको उत्पादन बढाउन जैविक प्रविधि अपनाउन जलवायु परिवर्तनको प्रभावलाई न्यून गर्न सहयोग पु¥याउँछ । स्वास्थ्य क्षेत्रमा अनुसन्धानले नेपालमा प्रचलित रोगहरू रोक्न र उपचारका लागि नयाँ विधिहरू विकास गर्न मद्दत गर्दछ । शिक्षामा अनुसन्धानले गुणस्तर वृद्धि गर्न र शिक्षण प्रणालीलाई समसामयिक बनाउने अवसर प्रदान गर्दछ ।
अनुसन्धान केन्द्रहरूले नवप्रवर्तन प्रोत्साहन गर्दै नयाँ प्राविधिक खोज उद्यमशीलता अनि रोजगारीका अवसर सिर्जना गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने छ । नेपालजस्तो विकासशील देशले विश्वव्यापी प्रतिस्पर्धामा सामेल हुन आफ्नै स्रोत साधनको उचित प्रयोग गर्न र दीर्घकालीन आर्थिक विकासका लागि आत्मनिर्भर बन्न अनुसन्धान केन्द्रको स्थापना अनिवार्य छ । अनुसन्धान केन्द्रको स्थापनाले नेपालमा वैदेशिक निर्भरता घटाउने र राष्ट्रिय पहिचान निर्माणमा योगदान गर्ने छ । नेपालमा अनुसन्धान केन्द्र स्थापना गर्नु देशको प्रगतिका लागि एक महत्त्वपूर्ण कदम हो । नेपालमा अनुसन्धान केन्द्र चाहियो भनेर एक्लो प्रयासमा महाबिर पुन निकै नै लाग्नु भएको छ तर सरकार मौन छ । अनुसन्धान केन्द्र भने पछि महाबिर पुन एक जिउदो ईतिहास हुनुहुन्छ । उहाँको जन्म सन् १९५५ मा म्याग्दी जिल्लाको नाँङि गाउँमा भएको थियो। बाल्यकाल देखि नै उनी ग्रामीण समुदायका समस्याहरूसँग प्रत्यक्ष रूपमा नजिकै बाट समस्याहरू देख्नु भएको थियो । अमेरिकामा उच्च शिक्षा हासिल गरेर पनि स्वदेश फर्किएर ग्रामीण विकासको अभियानमा सक्रिय लागि रहनु भो उहाले सुरुवाती दिनमा म्याग्दीका दुर्गम गाउँहरूमा इन्टरनेट सेवा पु¥याएर प्रविधिको पहुँच देखाउन सफल हुनु भएको थियो । त्यसपछि उहाँले अनुसन्धान केन्द्रको स्थापना गर्ने अभियान सुरु गर्नु भो । यो केन्द्रको लक्ष्य विज्ञान र प्रविधिमा आधारित समाधानमार्फत राष्ट्रलाई आत्मनिर्भर बनाउनु हो । पुनले जनस्तरबाट आर्थिक सहयोग जुटाएर यो अभियानलाई अघि बढाउनु भएको थियो ।
सरकारले पर्याप्त सहयोग नगरे पनि उहाको समर्पण र जनताको समर्थनले अनुसन्धानको महत्वलाई सबैतिर जानकारी दिदै आफ्नो जीवनीमा आधारित पुस्तक लेखेर नेपालका कुना कन्धरामा अनुसन्धान केन्द्रलाई चिनाउन सफल भएका छन् । पुनको अभियानको सबभन्दा ठूलो विशेषता भनेको गाउँमा पाइने समस्या समाधानमा स्थानीय स्रोत र जनशक्तिको उपयोग गर्ने नै हो । नेपालमा आविष्कार केन्द्रको आवश्यकता अत्यन्तै जरुरी छ । देशका अधिकांश चुनौतीहरू जस्तै कृषि उत्पादनको कमी स्वास्थ्य सेवामा प्राविधिक समस्या शिक्षाको पहुँचको अभाव र ऊर्जा संकटलाई समाधान गर्न अनुसन्धान अनिवार्य छ । उदाहरणका लागि नेपालजस्तो कृषिमा आधारित अर्थतन्त्र भएको देशले आफ्नो उत्पादन क्षमता बढाउन उन्नत बीउबिजन र प्रविधिको विकास गर्न निकै जरुरी छ । जलवायु परिवर्तनले कृषि, वन र जैविक विविधतामा गम्भीर असर पु¥याइरहेको छ । यस्तो अवस्था नेपालले स्थानीय स्रोतहरूको उपयोग गरेर वातावरणमैत्री दीगो समाधानहरू खोज्न निकै जरुरी छ । स्वास्थ्य क्षेत्रमा पनि अनुसन्धानको भूमिका अत्यन्त महत्वपूर्ण छ ।
नेपालका दुर्गम क्षेत्रका बासिन्दाहरू आधारभूत स्वास्थ्य सेवाबाट पनि वञ्चित छन्। सस्तो प्रभावकारी र स्थानीय समस्यालाई सम्बोधन गर्न सक्ने स्वास्थ्य उपकरणहरूको विकास अनुसन्धान केन्द्रले आफै उत्पादन गर्न सके भने मात्र देश अगाडि बढाउन सम्भव छ । आविस्कार केन्द्रहरूले शिक्षामा पनि ठूलो योगदान पु¥याउँछन्। विद्यार्थीलाई नया ज्ञान् र अनुसन्धानमुखी बनाउन सकियो भने नेपालले सक्षम विद्यार्थी उत्पादन र प्रविधिमा महत्त्वपूर्ण प्रगति गर्न सक्छ । महाबिर पुन नेपालको एक अनुसन्धानकर्ता मात्र नभैइ यो देशका एक चम्किलो तारा र राष्ट्र गहना हुन् । उहाँले विज्ञान प्रविधि र नवप्रवर्तन मार्फत ग्रामीण क्षेत्रको विकासमा ठ ूलो योगदान गर्नु भएको छ ।
महाबिर पुनको प्रमुख उपलब्धि नेपालका दुर्गम गाउँहरूमा वाईफाई इन्टरनेटको पहुँच पु¥याउने अभियान हो । उनले २००२ मा ग्रामीण दूरसञ्चार विकासको परियोजना सुरु गर्नुभो जसले नेपालमा डिजिटल खाडल हटाउन ठूलो योगदान गर्यो । उहाँ नेपाल वायरलेस नेटवर्किङ प्रोजेक्टका योजनाकार हुनुहुन्छ । जसले स्याटेलाइट र वायरलेस प्रविधिको प्रयोग गर्दै नेपालका दुर्गम स्थानमा इन्टरनेट सुविधा पु¥यायो । यस परियोजनाले शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा ठूलो प्रभाव पारेको छ । पुनले यस प्रविधिको सहायताले ग्रामीण विद्यालयहरूलाई अनलाइन शिक्षण प्लेटफर्महरूमा जोड्ने स्वास्थ्य क्लिनिकहरूलाई टेलिमेडिसिनको सुविधा दिने र स्थानीय उत्पादनहरूको बजार विस्तार गर्न सहयोग गर्नु भएको छ । उहाँले अहिले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरी युवाहरूलाई अनुसन्धान र प्रविधिमा प्रेरित गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।
महाबिर पुन निकै सालिन व्यक्तित्व र राष्ट्रप्रेमले ओतप्रोत व्यक्ति हुनुहुन्छ । अहिले उहाँले आफ्नो जीवनीको पुस्तक लेखेर देशभरि किताब बेच्न आफैँ देश दौडधुप गरिरहेका छन् । किताब बेचेर दस करोड बढी पैसा संकलन पनि गर्नु भएको छ । उहाँको काममा लगाव देख्दा युवाहरूको प्रेरणाका स्रोत बन्नु भएको छ। महावीर पुनको अभियानले अनुसन्धान र नवप्रवर्तनको महत्व मात्र देखाएको छैन, यसले राष्ट्रलाई दिगो विकासतर्फ लैजान सक्ने बाटो पनि देखाएको छ ।
महावीर पुनले युवाहरूलाई देशमै अनुसन्धान गर्न प्रोत्साहित गर्नु भएको छ । नेपालका धेरै प्रतिभाशाली युवा राम्रो अवसर र स्रोतको अभावमा विदेश पलायन भइरहेका छन् । अनुसन्धान केन्द्रले तिनै युवाहरूलाई नेपालमै काम गर्ने वातावरण सिर्जना गरेर उनीहरूको सीप र क्षमता देशकै विकासका लागि उपयोग गर्न सक्छ । यसबाहेक अनुसन्धान केन्द्रहरूले पर्यटन ऊर्जा र जैविक विविधताको क्षेत्रमा पनि योगदान पु¥याउन सक्छन् । नेपालमा जैविक विविधताको प्रचुरता छ तर यसको वैज्ञानिक अध्ययन र व्यावसायिक उपयोग न्यून छ । यस क्षेत्रको अनुसन्धानले नेपाललाई अन्तर्राष्ट्रिय बजारमा विशिष्ट स्थान दिलाउन सक्छ । महावीर पुनजस्ता व्यक्तित्वले देखाएको बाटोमा हिँडेर सरकार निजी क्षेत्र र जनताले अनुसन्धान केन्द्रको विकासमा सामूहिक प्रयास गर्नुपर्छ । अनुसन्धान केन्द्रको स्थापना र सञ्चालनले मात्र पनि नेपाललाई आत्मनिर्भर र समृद्ध राष्ट्रको रूपमा स्थापित गर्न सक्छ त्यसैले महाबिर पुनको अभियान हामी नेपालिको साझा अभियान हो ।