छ सय ४४ मुद्दामा छ सय ८८ पक्राउ

बाँकेमा अपराधिक घटना र त्यससम्बन्धी मुद्दा चिन्ताजनक रहेको तथ्यांकले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, चालु आ.व.को ६ महिनामा ६ सय ४४ अपराधिक मुद्दामा ६ सय ८८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार, साउनमा १ सय ४३ मुद्दाका १ सय ४३ जना, भदौंमा ६३ मुद्दामा ६२ जना, असोजमा १ सय १९ मुद्दामा १ सय ७ जना पक्राउ परेका हुन् ।
त्यस्तै, कार्तिकमा १ सय १८ मुद्दामा २ सय ३ जना, मंसिरमा ८४ मुद्दामा ५२ जना, पुसमा १ सय १७ मुद्दामा १ सय २१ जना पक्राउ परेका हुन् ।

बाँके प्रहरीका अनुसार, कर्तव्य ज्यान, लागुऔषध, सार्वजनिक अपराध, हिंसा लगायतका घटनामा उक्त व्यक्तिहरु पक्राउ गरेको हो ।

Exit mobile version