- उस्तै विषयसँग सम्बन्धित विवाद विचाराधीन भएको भन्दै सर्वोच्च अदालतले पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले ताप्लेजुङको पाथीभरा मन्दिर संरक्षणसँग सम्बन्धित रिट निवेदनमा दरपीठ आदेश गरेका हुन् ।
- राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले हमासको कब्जमा रहेका विपिन जोशीको रिहाइका लागि भइरहेको पहलबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद केसीले विपिन जोशीको बारेमा अहिलेसम्म कुनै अत्तोपत्तो नभएको भन्दै उनको रिहाइका लागि सरकारले गरिरहेको पहलबारे संसद्लाई जानकारी गराउन माग गरेका हुन् ।
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नभएको विषय संसद्मा उठाएका छन् । ‘आजकल टिकटकरहरूसँग अलिकति व्यस्त हुनुहुन्छ । यही व्यस्तताले एउटा काम बिर्सनु भएको छ । म सम्झाउन चाहन्छु– नयाँ सरकार बनेको महिनौं भइसक्यो तर, मन्त्रीहरूको सम्पत्ति विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन,’ उनले भने ।
- जसपा, नेपालले संघीय संसद्का दुवै सदनमा भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा उक्त अध्यादेशमा सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो ।
- पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारले अध्यादेश ल्याएर सदनको अवमूल्यन गरेको बताएका छन् ।प्रेस सेन्टर कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अध्यादेशका विधेयेक राष्ट्रिय सभामा गएर अड्किएको र त्यो कदापि पास नहुने बताए ।
- नेपाल यसवर्ष पनि भ्रष्टाचार धेरै हुने मुलुककै सूचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले सार्वजनिक गरेको सन् २०२४ को भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) का नेपाल व्यापक भ्रष्टाचार हुने मुलुकमै परेको छ । सीपीआई २०२४ मा नेपाललाई १०० मा ३४ अंक दिइएको छ । १८० मुलुकमध्ये नेपाल १०७ औं स्थान छ । सीपीआई २०२३ मा नेपाल ३५ अंकसहित १०८औं स्थानमा थियो ।
- युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले टाइपमा त्रुटि भएकाले नेपाल स्काउटको नियमावलीमा ‘श्री ५ को सरकार’ हुन गएको स्पष्ट पारेका छन् । सोमबार उनले नेपाल स्काउटलाई पत्र लेख्दै नेपाल स्काउट कर्मचारी सेवा नियमावली २०५२ (संशोधन २०८१) को अनुसूची ४(क) को १ र ४(ख) को ४ मा टाइपमा त्रुटि भई नेपाल सरकारको सट्टा ‘श्री ५ को सरकार’ हुन गएको बताएका छन् । 8. गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनर्निर्माणपश्चात् गत ९ मंसिरदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि १५ माघदेखि एक घण्टा समय बढाइएको हो । १४ माघसम्म ३:१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट काट्ने गरिएको थियो । अहिले समय थप गरी ४:१५ बजेसम्म टिकट काट्ने पाइने र साँझ ५ बजेसम्म चढ्न पाइने आयोजनाका कायम मुकायम निर्देशक प्रकाश अर्यालले जानकारी दिए ।
देशमा आजः ८ बजे ८ खबर
