नेपालगन्जमा ८ कक्षाको परीक्षा मिति निर्धारण

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले आधारभूत तह कक्षा ८ परीक्षाको मिति निर्धारण गरेको छ । शैक्षिकसत्र २०८० को वार्षिक परीक्षा आउँदो चैत २ गतेदेखि सञ्चालन गर्ने निणर्य गरेको हो ।

यो परीक्षा नगरस्तरीय हुनेछ । जसका लागि आवश्यक आवेदन फाराम भरेर सम्बन्धित विद्यालयहरुले नगरको शिक्षा, युवा तथा खेलकुद शाखामा पेस गर्न पनि नगरले सूचित गरेको छ ।

Exit mobile version