बाँकेको ई गाउँमा बुधबारदेखि न्यु दर्पण कप सुरु हुने

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ई गाउँमा रहेको न्यू दर्पण युवा स्पोर्टस क्लवको आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारेर बुधबारदेखि दोस्रो दर्पण कप खुला नकआउट फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

ई गाउँस्थित मनकामना माविको खेल मैदानमा बिहान ११ बजे प्रतियोगिताको भव्य उद्घाटन गरिने क्लबका अध्यक्ष प्रकाश केसीले जानकारी दिनुभयो । लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्री, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक र उपाध्यक्ष मञ्जु मल्लले प्रतियोगिताको उद्घाटन गर्नुहुनेछ ।

प्रतियोगितामा बिभिन्न १४ समूहको सहभागिता रहेको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भईसकेको उपाध्यक्ष गोविन्द खत्रीले बताउनुभयो । कोषाध्यक्ष देबबहादुर बिसीका अनुसार प्रतियोगितामा प्रथमलाई नगद एकलाख ११ हजार १११ र दोश्रो हुनेलाई ५५ हजार ५५५ रुपियाँ नगद पुरस्कारको ब्यवस्था गरिएको छ ।

उद्घाटन खेल आयोजक दर्पण बि र जिल्ला प्रहरी कार्यालयबीच हुनेछ । सचिव भोला मल्लका अनुसार गत बर्षदेखि भव्यरुपमा दर्पण कप आयोजना हुन थालेको हो । प्रतियोगिताको फाईनल फागुन १७ गते हुनेछ ।

Exit mobile version