लागु औषधको यो डरलाग्दो बिकराल रुप

बाँकेको प्रहरी हिरासतमा अन्य मुद्दाको तुलना लागु औषधका थुनुवा बढी छन् । जम्मा ६६ जना थुनुवा रहेकोमा लागु औषधका मात्रै ३० जना छन् । जिल्ला प्रहरी कार्यालय बाँके र कारागार समेतमा अधिकांश थुनुवाहरू लागु औषध मुद्दाकै छन् । यस्तै बालसुधार गृह बाँकेमा लागु औषध मुद्दाका बालक छन् । बाँकेका मात्रै होईन सिमावर्ति क्षेत्रका थुनाकेन्द्रमा लागु औषध मुद्दाका आरोपीहरू भरिभराउँ देखिन्छ । सिमावर्ति बाँके जिल्लामा मात्रै होइन अब लागु औषधको ओसार पसार र सेवन पछाडी ग्रामिण बस्तीसम्म पुग्दा लागु औषध दुब्र्यसन एक बिकराल समस्याको रूपमा देखा परेको छ ।

पछिल्लो समय बाँकेमा लागु औषध सेवनकर्ता र कारोबारीहरू अप्रत्याशित रूपमा बढ्दै गएको पाईएकोे छ । समाचारमा जनाइए अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा हाल थुनामा रहेका मध्ये दुई तिहाई जस्तो थुनुवाहरू लागु औषध मुद्दाका आरोपी रहेका छन् ।

प्रहरी कार्यालयको रेकर्ड अनुसार हरेक महिना जस्तो लागु ओषध मुद्दाको अभियोगमा ब्यक्तिहरू पक्राउ पर्ने गर्दछन् । कोही सेवनकर्ताको रूपमा पक्राउ पर्ने गर्दछन् त कोही कारोवारी । पक्राउ परेका मध्ये कोही गाँजा सहित पक्राउ परेका छन् त कोही ब्राउन सुगर त कोही खैरो हिरोईन, कोरेक्स, नाइटा«ेजेपाम सहित पक्राउ पर्ने गरेका छन् ।

१६ बर्ष टेक्दै गरेका कोहलपुर क्षेत्रका एक युवा साथीभाईको लहै लहैमा लाग्दा लागु औषधको दुब्र्यसन फस्न पुगेको बताउछन् । आमा बुवा कामको सिलसिलामा बिदेशमा रहेका उनी उचित अभिभावकिय संरक्षणको अभाव, उत्सुकता र लागु औषध सेवनकर्तासंगको संगतका कारण लागु औषधको नसामा फसेको बताए । किशोर मात्रै होईन लागु औषधको दुब्र्यसनमा किशोरीहरू पनि फस्ने गरेका छन् । यहाँसम्मकी दुध बालक सहितका २०, २१ बर्षिय युवती समेतका लागु औषधमा फसेको पाईएको छ । १७÷ १८ बर्षका अबिवाहित युवतीहरू गलत संगत र लहैलहैमा लागेमा लागु औषधको नसामा फस्ने गरेको पाईएको छ ।
गत बर्ष कोहलपुर क्षेत्रमा केही युवासंगै ३ किशोरी लागु औषध सहित मध्य रातमा समातिएका थिए । पक्राउ परेका मध्ये २ किशोरी जिल्ला बाहिरका थिए । उनीहरू साथीभाईको संगत र लहैलहैमा लागे र मदिरासंगै लागु औषध खान सिकेका रहेछन् । लागु औषध खान सिके पछि उनीहरू घर नै छाडेर बरालिदै कहिले कुन जिल्ला त कहिले कता लिड्न थालेका रहेछन् ।

बिभिन्न कारणले मानसिक तनावमा रहेका, घरेलु हिंशाको शिकार भएका र उचित अभिभावकिय संरक्षण नपाएका बालबालिका र युवा, युवतीहरू लागु औषधको नसामा फस्दै गएको पाईएको छ । लागु औषध सेवनकर्ता बढ्दै जादा समाजमा चोरी, डकौती, लैंगिक हिंशा, बलत्कार लगायतका अपराधिक क्रियाकलाप हुने गरेका छन् । लागु औषध सेवनकर्ताहरू लागु औषध किन्ने पैसाको जोहो गर्न चोरी डकैती, यौनब्यवशाय जस्ता अपराधिक क्रियाकलापमा समेत संलग्न हुने गरेको पाईएको छ ।

नेपालमा प्रतिबन्धित नाइट्रोजेपाम, ब्राउन सुगर, कोरेक्स लगायतका लागु औषधहरू भारतिय सिमावर्ति बजार रूपैडियामा सहज र खुल्ला रूपमा बिक्रि बितरण हुदा बाँके लगायत यस मध्य पश्चिम क्षेत्रमा लागु औषधको सेवनकर्ता र कारोवारीहरू दिन प्रतिदिन बढ्दै गएका छन् । यस क्रममा प्रायजसो युवाहरू रूपैडियाबाट लागु औषध खरिद गरि नेपालतर्फ फर्कदै गर्दा जमुनाहा नाकामा चेकजाँचका क्रममा नेपाल प्रहरीले पक्राउ गरि लागु औषधको मुद्दा चलाउने गरेको छ भने कतिपय अपराधिहरू कानूनका आँखा छल्दै लागु औषधको अवैध कारोवारमा संलग्न हुदै आएका छन् । कतिपय दुब्र्यसनीहरू दैनिक लागु औषध खान भारतको रूपैडिया जाने गरेको ब्यापक चर्चा सुनिएको छ ।

गरिवी, छिट्टै धेरै पैसा कमाउने लोभ, ब्यक्तिमा पढ्दै गईरहेको बितृष्णा, मानसिक तनाव, खराव आचरण भएकाहरूसंगको संगत, उत्सुकता, उचित संरक्षणको अभाव लगायका कारण लागु औषधको कारोवारी र सेवानकर्ताहरू बढ्दै गएको पाईएको छ । लागु औषधको नियन्त्रण लागी कडा कानून भए पनि यसले अपेक्षाकृत रूपमा रोकथाम गर्न सकेको छैन । ठुला कारोवारी र तस्करहरू भन्दा साना भरिया र सेवनकर्ताहरू पक्राउ पर्ने गर्नाले लागु औषध नियन्त्रणमा समस्या भैरहेको छ ।

मध्य र सुदुरपश्चिम समेतको केन्द्र बिन्दु र भारतिय सिमावर्ति क्षेत्र भएका कारण नेपालगंजबाट अबैध रूपमा लागु औषधको कारोवार हुने गर्दछ । एकताका नेपालगंजको जयसपुर क्षेत्र लागु औषध कारोरवारको अखडा नै मानिन्थ्यो । प्रहरी सक्रियताका कारण घटनामा केही कमि आएता पनि बाँकेमा अहिले पनि लुकिछिपी लागु औषधको कारोवार भैरहेको पाइएको छ । कानूनको आँखा छल्दै युवा देखि बालकसम्म महिला देखि बृद्धसम्म लागु औषधको दुब्र्यसनमा फस्दै गएका छन् । कैयौको आफ्नो अमुल्य जीवनलाई बर्वादी तर्फ धकेलीरहेका छन् । घरवार सम्पती सत्तम पारेका छन् ।

लागु औषधको नसाले बालक देखि बृद्धसम्म र धनी देखि गरिव समेतलाई छुन थालेको छ । हुँदा हुँदा अव बालिका र किशोरीहरू समेत लागु औषधको नसामा झम्मीने गरेका घटना स्थिति बिकराल बन्दै गएको संकेत गर्दछ । बिद्यार्थी होस वा मजदुर, नोकरीवाला होस वा बेरोजगार सबै बर्ग र क्षेत्रका मानिसहरू सम्म लागु औषधको दुब्र्यसनमा पुग्नु गंभिर चिन्ताको बिषय बनेको छ । कोही साथी भाईको लहै लहैमा लागेर कुलतमा फसेका छन् त कोही मानसिक तनाव मुक्त गर्ने बहानामा । कोही मस्तीको लागी नसा लिदै छन् त कोही देखासिकी र अनुभव बटुल्ने बहानामा । बहाना जे सुकै भए पनि यस्तो कुलतमा फसेकाहरू कालान्तरमा गएर, आफ्नो ब्यक्तित्व नष्ट गर्ने, मानसिक रोगी हुने र चोरी डकैती, यौनजन्य लगायतका अपराधिक कार्यमा संलग्न हुने गरेको पाईएको छ ।

भारतसंगको खुल्ला सिमान र भारतिय सिमावर्ति क्षेत्रमा खुल्लमखुला बिक्रि बितरण हुने लागु औषधले घेरैको जिवन बर्वाद बनाउनमा सहयोगी भुमिका खेलेको छ । यस क्षेत्रबाट तराई, पहाड, हिमाल हुदै काठमाण्डौ सम्म लागु औषधको अबैध कारोवार हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । स्कूल कलेजका बिद्यार्थी र होस्टेलसम्म लागु औषधका तस्करले संजाल फैलाउदा उच्च शिक्षा हासिल गर्न लाखौ खर्चेर बसेका कैयौ बिद्यार्थीहरूले जीवनलाई नै अन्धकारतिर धकेली रहेका छन् । लागु औषधले ब्यक्तिको ब्यत्तित्व मात्र नष्ट गरेको छैन यसले घर परिवार, समाज र राष्ट्रलाई नै नौक्सानी पु¥याईरहेको हुन्छ ।

कतिपय लागु औषधको मुद्दामा भरियाको रूपमा ग्रामिण क्षेत्रका अशिक्षित महिलाका साथै गरिवी र अशिक्षाको चटेटामा परेका युवा र पौढ समेत प्रयोग हुने गरेको पाईएको छ । कति भारतिय जेलमा छन् कैयौ नेपाली थुनाकेन्द्रमा छन् । करौडौको चलखेल हुने यसको कारोवारमा पाँच दश हजारको लोभमा परेकाहरू बर्षौसम्म जेलको चिसो सिडीमा पर्ने गरेका छन् भने कारोवारीहरू बिरलै थुनिने गरेका छन् । करोडौको अवैध कारोवारमा संलग्न तस्करहरू कानूनको नजरबाट बच्न अनेक उपाय रच्ने गर्दछन् । आफ्नो परिचय नदिई बिचौलीयाहरू मार्फत भरियालाई काम लगाउँछन् । पर्दा पछाडीबाट कालो धन्दा गर्नेहरू नया नया तरिका अपनाउदै प्रहरी प्रशासनलाई छक्याउने गर्दछन् ।

अन्तमाः लागु औषधको अबैध कारोवारको जालो राज्यको कानून भन्दा बलियो बन्दै गएको सन्दर्भमा यसको जालो तोड्न प्रहरी प्रशासनका साथै सरोकारवाला निकाय समयमै गंभिर बन्न जरुरी छ । ब्यक्तिको ब्यक्तित्व समाप्त पार्ने यस्तो अपराधिक कार्य हुनै नदिन सर्वसाधारणसम्म जनचेतना फैलाई नियन्त्रणको प्रभावकारी सबै लाग्नु पर्दछ । प्रत्येक अभिभावकहरूले आफ्ना बालबच्चाकोे आनीवानीको निगरानी राख्ने, आफ्ना छोराछोरी कहाँ जादैछन् के गर्र्दैछन् भन्ने कुराको निगरानी राख्नु का साथै उनीहरूलाई सद्मार्गमा लाग्ने उत्प्रेरणा दिईरहनु पर्दछ । बेलैमा सचेत भइएन भने पछुताउनु बाहेक अर्को उपाय रहदैन । त्यस्तैले मलाई परेको छैन भनेर चुप लागेर बस्ने होईन कि यस्तो घटना हुन थालेको, हुदै गरेको र भैसकेको जुनसुकै अवस्थामा पनि अपराध नियन्त्रणको लागी प्र्रहरीलाई खवर गर्नु पर्दछ । प्रहरी प्रशासनले पनि लागु औषधको अबैध कारोवार गर्ने र कानूनले निषेध गरेका कार्य गर्ने जो सुकैलाई पनि कानूनको दायरामा ल्याई भबिश्यमा यस्ता घटना हुनै नदिन कडाईका साथ रोकथामका उपायहरू अवलम्बन गर्न जरुरी छ । यसै गरि लागु औषध सेवनकर्तालाई अपराधिको रूपमा मात्रै नहेरी मानसिक समस्याको रूपमा लिई उनीहरूलाई मनोसामाजिक परामर्श दिई समाजमा पुनस्थापनाको ब्यवस्था गर्न पनि उत्तिकै जरुरी छ । (लेखक अधिवक्ता हुन्)

Exit mobile version