वर र पीपलका रूखहरूले हाम्रो समाजमा धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्व राखेको छ । यी रूखहरू हिन्दू र बौद्ध धर्मावलम्बीहरूले पवित्र रुखको रूपमा मान्ने गरेका छन् र रुखहरूको पूजा गर्ने चलन पनि छ । हिन्दू धर्ममा वरलाई भगवान ब्रह्माको प्रतीक र पीपललाई भगवान विष्णुको रूपमा मान्छन् । विवाहित महिलाहरूले वटसावित्री व्रतमा वरको पूजा गरेर आफ्नो पतिको दीर्घायुको कामना गर्छन् । बौद्ध धर्ममा पीपललाई बोधिवृक्ष भनिन्छ किनभने भगवान बुद्धले यसैको तल बसेर ज्ञान प्राप्त गर्नु भएको थियो । यी रूखहरूले हाम्रो धार्मिक विश्वासलाई प्रष्ट देखाउछ ।
यी रूखहरूले हाम्रो सांस्कृतिक परम्परामा पनि ठूलो भूमिका खेल्छन् पुजा देखि कुनै पनि धार्मिक कार्यहरूमा पिपल र वरका पात अनिवार्य राख्ने चलन छ । गाउँ र शहरका बीचमा वा बाटो किनारमा देखिने ठूला वर पीपलका रूखहरूले यात्रीहरूलाई छाया र आराम प्रदान गर्छन् । यी रूखहरूको फेदमा बनाइएका चौतारीहरूले सामाजिक एकताको प्रतीकको रूपमा काम गर्छन् । यहाँ मानिसहरू भेला भएर छलफल गर्छन् धार्मिक कर्म गर्छन् र सामाजिक समस्याहरूको समाधान खोज्छन् । यी चौतारीहरूले हाम्रो सांस्कृति र परम्परालाई जोगाउन मद्दत गर्छन् । वर र पीपल हिन्दू धर्ममा अत्यन्त पवित्र वृक्षहरू हुन् । वरको रूखलाई भगवान ब्रह्माको वासस्थान मानिन्छ भने पीपललाई भगवान विष्णुको स्वरूप मानिन्छ । हिन्दू धर्मशास्त्रहरूमा वर्णित छ कि वरको जरा, हाङा र पातमा विभिन्न देवी देवताहरूको बास हुन्छ । विवाहित महिलाहरू दीर्घायु तथा सुखमय वैवाहिक जीवनका लागि वटसावित्री व्रत का अवसरमा वरको पूजा गर्छन् । पीपल पूजन शनिबार विशेष गरिन्छ, शनि ग्रहबाट पार पाउन सनिवार जल चढाउने चलन पनि छ जसबाट पुण्य प्राप्त हुने विश्वास गरिन्छ । यी रूखहरू धर्मको अविच्छिन्न अंश भएकाले तिनलाई नष्ट गर्नु धर्ममाथि आघात पु¥याउनु हो । बौद्ध धर्ममा पनि पीपलको विशेष महत्त्व छ । भगवान गौतम बुद्धले पीपलको रूखमुनि बोधगयामा ज्ञान प्राप्त गरेका थिए त्यस पिपलको रुखलाई बोधिवृक्ष भनिन्छ । यसरी पीपलको रूख बौद्ध धर्मावलम्बीहरूको लागि पनि पवित्र मानिन्छ ।
नेपालका विभिन्न स्थानहरूमा वर र पीपलका रूखहरूको कटानीका घटनाहरू देखिएका छन् । विशेष गरी शहरी क्षेत्रमा विकासका नाममा यी पवित्र वृक्षहरू हटाइँदैछन् । उदाहरणका लागि काठमाडौं उपत्यकामा सडक विस्तार र भवन निर्माणका क्रममा धेरै वर र पीपलका रूखहरू काटिएका छन् । यस्तै पोखरा, विराटनगर, बुटवल , नेपालगन्ज र धरान जस्ता शहरहरूमा पनि शहरीकरणका कारण यी रूखहरूको कटानी भएको छ । ग्रामीण क्षेत्रमा पनि खेतीयोग्य जमिन विस्तार गर्न वा अन्य प्रयोजनका लागि यी रूखहरू हटाइँदैछन् जसले धार्मिक र पर्यावरणीय सन्तुलनमा नकारात्मक प्रभाव पारिरहेको छ । शहरीकरण औद्योघिकीकरण र आधुनिक पूर्वाधार विकासको नाममा यी रूखहरू काटिन थालेका छन् । घर बनाउने सडक विस्तार गर्ने वा अन्य प्रयोजनका लागि धार्मिक तथा पर्यावरणीय महत्त्व बोकेका रूखहरू हटाउनु राम्रो होईन । यसले प्राकृतिक सन्तुलनमा गम्भीर असर पार्ने मात्र होइन समाजमा धर्म तथा परम्पराप्रतिको आस्थामा ठुली चोट पुराउछ ।
पिपल र वर काट्नु भनेको प्रत्येक्ष रूपमा हिन्दु र बौद्ध धर्म माथि आक्रमण गर्नु हो आज भोलि सहरमा पुजा आजामा वर र पिपलका पातहरू पाउनै गारो भएको छ धेरै खोजे पछि मुस्किलले पाईन्छ । पूजाआजा गर्ने वर र पिपलहरू नष्ट हुँदा परम्परागत धार्मिक अभ्यासहरू क्रमश हराउँदै गएका छ्न ।
वर र पीपलका रूखहरूले पर्यावरणको दृष्टिकोणबाट पनि महत्त्वपूर्ण भूमिका खेल्छन् । यी रूखहरूले २४ घण्टा अक्सिजन दिन्छन् जसले हाम्रो स्वास्थ्यको लागि फाइदाजनक छ । यिनले हावाबाट विषाक्त ग्यासहरू हटाएर वातावरणलाई सफा राख्छन् । यी रूखहरूले चराचुरुङ्गीहरूलाई बासस्थान दिन्छन् र जैविक विविधतालाई बढाउन मद्दत गर्छन् । यिनले भूमिगत जलस्तरलाई सन्तुलित राख्छन् र माटोको भुक्षयलाई रोक्छन् पहाडमा वर र पिपलले बुक्षय रोक्न निकै ठूलो महत्त्वपुर्ण काम गरेका छ्न ।
आज यी महत्त्वपूर्ण रूखहरूलाई काट्ने क्रम तिब्र छ । शहरीकरण औद्योगिकीकरण र विकासको नाममा यी रूखहरूलाई काटिन्छन । घर बनाउन सडक विस्तार गर्न वा अन्य कुनै प्रयोजनको लागि यी रूखहरू काटिनु एक अपराध हो । यसले हाम्रो वातावरणमा गम्भीर असर पारेको छ । यी रूखहरूको अभावले वातावरण प्रदूषण बढेको छ र जैविक विविधता घटेको छ आज भोलि कोईली, गिद्द ,कण्ठेवा, ढुकुर , बकुला र कागहरू सहरमा देखिन छाडेका छ्न तिनी चराहरूको बासस्थान मासिएकाले चराहरू पनि लोप हुने अवस्थामा पुगेका छ्न ।
यी समस्याहरूको समाधानको लागि रुख प्रती जनचेतना फैलाउन निकै जरुरी छ । सरकारले कडा नीति र कानुन बनाएर यी रूखहरूको संरक्षण गर्नुपर्छ । एक रूख काटे पाँच रूख रोपौ जस्ता अभियानहरू स्थानीय सरकारले चलाउनुपर्छ । विद्यालय स्तरमै वृक्ष संरक्षणको बारेमा शिक्षा दिनुपर्छ ताकि नयाँ पुस्ताले यसको महत्त्व बुझ्न सकोस् । समुदाय स्तरमा वृक्षारोपण कार्यक्रमहरू चलाएर यी रूखहरूको संरक्षणमा ध्यान दिनुपर्छ । वर र पीपलका रूखहरू हाम्रो धार्मिक, सांस्कृतिक र पर्यावरणीय सम्पदा हुन् । यिनीहरूको संरक्षण गर्नु हाम्रो कर्तव्य हो । यदि हामीले यिनीहरूको महत्त्वलाई बुझेर संरक्षण गर्न सकेनौँ भने यसको परिणाम भविष्यमा गम्भीर हुन सक्छ । यसले गर्दा हाम्रो धार्मिक विश्वास सांस्कृतिक परम्परा र प्राकृतिक वातावरणलाई असर गर्न सक्छ । त्यसैले यी रूखहरूको संरक्षण गर्न आजैबाट हामी लाग्न निकै जरुरी छ ।
जय हरियाली ….