श्रीमानले गरे श्रीमतीको हत्या

नेपालगन्ज । सल्यान छत्रेश्वरी गाउँपालिका-५, लेखपोखराका २३ वर्षीय मोहन पुनले श्रीमतीको हत्या गरेका छन् । घरायशी विवादबाट उत्पन्न भएको झडपमा उनले २८ वर्षीया सीमा भन्ने श्रीमती पार्वती कँवरको हत्या गरेका हुन् ।

उनलाई छत्रेश्वरी गाउँपालिका-५ ढाकुडाँडास्थित जंगलमा लुकिछपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ज्यानसम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत सल्यानबाट आठ दिन म्याद थप गरिएको प्रहरीको भनाइ छ ।

Exit mobile version