भ्रष्टाचारविरुद्ध सञ्चार वकालत

सुशासनमा आमसञ्चारको प्रभावकारी भूमिकाको अपेक्षा गर्दै भ्रष्टाचारविरुद्ध सञ्चार वकालतमा जोड दिइएको छ ।

असल शासन पोष्टले बुधवार आयोजना गरेको आफ्नो २४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्ने वक्ताहरूले मुलुक भ्रष्टाचारको दलदलमा फँस्दै गएको भन्दै त्यसविरुद्ध सञ्चार वकालतमा जोड दिइएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले प्रदेश सरकारले गरिरहेका कामलाई मिडियाले प्राथमिकता दिएर संघीयताका पक्षमा बलियो जनमत बनाउन आग्रह गरिन् । ‘प्रदेशको कामै छैन भनेर संघीयताविरुद्धको जनमत बनाइदैछ,’ प्रदेश सांसद काफ्लेले भनिन्, ‘मिडियाले प्रदेशको भूमिका र कामलाई जनता सामू पुर्याउनुपर्छ ।’

असल शासन पोष्टका सम्पादक नमस्कार शाहले प्रकाशनको आरोह–अवरोह
सुनाउँदै सुशासनका पक्षमा वकालत गरिएको बताए ।

कार्यक्रममा नेपालगन्ज उप–नगरपालिकाका निवर्तमान उप–प्रमुख उमा थापामगर, नेपाल पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष शुक्रऋषि चौलागाईं, पूर्व केन्द्रीय सदस्य झलक गैरे, पूर्व शाखा अध्यक्ष रुद्र सुवेदी, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, तेजविक्रम शाह लगायतले बोलेका थिए ।

असल शासन पोष्टका प्रवन्ध सम्पादक मन भण्डारीले सहजीकरण गरेको कार्यक्रममा कार्यकारी सम्पादक हेमराज भट्ट, माधव कार्कीलगायतले आफ्नो कामको अनुभव आदान प्रदान गरेका थिए । कार्यक्रममा पत्रिकालाई सहयोग गर्नेहरूलाई सम्मान गरिएको थियो ।

Exit mobile version