परिवारबाटै एक सय महिलाको हत्या

सन् २०२४ मा परिवारबाटै एक सय महिलाको हत्या भएको छ । दशेभरका विभिन्न मानवअधिकार उल्लंघनका घटना अभिलेखिकरण गरेरे इन्सेकले सार्वजनिक गरेको स्थिति सूचकमा नेपाल विभिन्न जिल्लामा परिवारबाटै एक बर्षको अवधीमा सय महिलाको हत्या भएको छ ।

परिवारबाट हत्याका घटना सबैभन्दा बढी उदयपुरमा भएको छ । जहाँ ७ जना महिलाको हत्या भएको छ । त्यस्तै, दाङ्गमा ६, झापामा ५, नुवाकोटमा ४ महिलाको परिवारबाटै हत्या भएको छ ।

देशभर दाइजोका कारण सन् २०२४ मा २ सय १२ महिलामाथि हिंसा भएको अभिलेख इन्सेकले गरेको छ । जसमा सबैभन्दा बढी घटना धनुषामा मात्रै १ सय ८० वटा भएका छन् । सर्लाहीमा दाइजो सम्बन्धी हिंसाका घटना १०, सप्तरीमा ९, ललितपुरमा २ लगायत रहेका छन् ।

Exit mobile version