जनजीविकाका सवाललाई प्राथमिकता दिनुपर्नेमा जोड

नेपालगन्जका अग्रज पत्रकारहरूले राष्ट्रिय समाचार समिति (रासस)ले जनजीविकाका सवाललाई प्राथमिकता दिनुपर्ने सुझाव दिए ।

राससको ६४औँ वार्षिकोत्सवका अवसरमा रासस नेपालगञ्ज कार्यालयको आयोजनामा बिहीबार आयोजित ‘स्थानीय सञ्चारमाध्यम र रासस, सेवाग्राही प्रवद्र्धन’ विषयक अन्तरसंवाद कार्यक्रममा उनीहरूले राससको बुलेटिनमा जनताका समाचारले प्राथमिकता पाउनुपर्नेमा जोड दिए ।

नेपालगन्जका अग्रज पत्रकार हेमन्त कर्माचार्यले राससले जनताका समस्यालाई राज्यसामु पु¥याउन पुलको भूमिका निर्वाह गर्नसके सेवा थप प्रभावकारी र विश्वसनीय हुने बताए । उनले स्थानीय सञ्चारमाध्यम र रासस सेवाग्राही प्रवद्र्धनका लागि मोफसलका स्थानीय सञ्चारमाध्यमलाई शुल्कमा सहुलियत दिन आग्रह गरे ।

पत्रकार शिव डोटेलले सूचना प्रविधिको विकाससँगै राससले दक्ष र प्रविधिमैत्री जनशक्तिको विकास गर्नुपर्ने बताए । उनले राससको सेवालाई विश्वसनीयतासँगै सेवाग्राहीले समाचार तुरुन्तै पाउने प्रविधिको विकास गर्नुपर्ने बताए ।

रासस नेपालगन्ज कार्यालयका प्रमुख युवराज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय कोषाध्यक्ष तुला अधिकारी, नेपाल टेलिभिजन कोहलपुरका प्रमुख विजय वर्मा, अग्रज पत्रकार पूर्णलाल चुके, झलक गैरे, जे पाण्डे, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष तिलक गाउँले, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी, प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल केसी, प्रेस सेन्टरका नेता सिराज खानलगायतको उपस्थिति रहेको थियो । उनीहरूले राससले जनपक्षीय समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

Exit mobile version