घरदैलोमा पुग्दै एमाले

oplus_0

नेकपा एमाले बाँके जिल्लाका प्रत्येक घर, टोलमा पुग्ने भएको छ । टोल स्तरदेखिका समस्या एकत्रित गर्न र त्यसको समाधान सम्बन्धित तहबाट गराउने मुख्य उद्देश्य लिएर तीन महिने ‘जरा’ अभियान सुरु
गरिएको नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्गले जानकारी दिएका छन् ।

‘जरा अभियान अन्तर्गत विभिन्न गतिविधि तय छन्, अभियानको सुरुवात पार्टी सदस्यता नविकरण गरी सुरु गरेका छौं’, बिहीबार एमाले बाँकेको नेपालगन्ज स्थित कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष गुरुङ्गले भने ।

जनसंगठनको विस्तार र सदस्यता नवीकरण गर्दै स्थानीय तहमा पार्टीको उपस्थितिलाई सुदृढ बनाउने उद्देश्य सुनाउँदै अध्यक्ष गुरुङले अभियानले जनसंगठनलाई थप सक्रिय बनाउन मद्दत गर्ने बताए ।

‘जरा अभियान अन्तर्गत सदस्यता नवीकरण र विस्तार, टोल तहसम्म अधिवेशन गर्ने, कम्तीमा एक तिहाइ युवा समेट्ने, सबै जनसंगठनको सदस्यता व्यापक विस्तार गर्ने र सबै जनसंगठनलाई आफ्नो वर्ग÷समुदायको नेताका रूपमा स्थापित गर्ने लगायतका गतिविधि हुनेछन्’, प्रतिनिधिसभा सदस्य दिपा शर्माले भनिन् ।

‘हामीले यस अभियानमार्फत सदस्यता नवीकरण र पार्टीको राजनीतिक प्रभावलाई स्थानीय तहमा बलियो बनाउने योजना बनाएका छौं’, एमाले बाँके ईन्चार्ज तथा केन्द्रीय सदस्य शान्ति ढकालले भनिन् ।

एमाले बाँके उपाध्यक्ष रत्न खत्रीले अभियान अन्तर्गत पार्टीलाई टोल तहसम्म पुर्याउने र टोलटोलमा रहेका समस्या, नागरिक आकांक्षा एकत्रित गरी समाधानका लागि सम्बन्धित निकायसम्म पुर्याउने उद्देश्य अन्तर्गत अभियान सुरु गरिएको जानकारी दिए ।

‘वैदेशिक रोजगारीमा गएका, जानुका कारण तथा वैदेशिक रोजगारीबाट फर्किएकाको अवस्था पनि जरा अभियान अन्तर्गत अध्ययन हुनेछ’, एमाले बाँके उपसचिव किशोर थापाले भने, ‘टोलटोलमा युवा संगठित गरी देशमै रहेको सम्भावनाबारे पनि जानकारी गराउनेछौं ।’

Exit mobile version