सिडिओका सय दिन पूरा, १४ उपलब्धि सार्वजनिक

नेपालगन्ज । श्रवणकुमार पोखरेले जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेको सय दिन पूरा भएको छ । उनले सय दिनमा आफूले गरेका १४ कामको सार्वजनिक गरेका छन् । धार्मिक सद्भाव कायम राख्न मुख्य चुनौतीको रुपमा रहेको तात्कालीन संवेदनशिल मुद्वा दुर्गा पूजा मुर्ति बिसर्जन कार्यक्रम शान्त वातावरण सम्पन्न भएको विषयलाई उनले पहिलो उपलब्धि मानेका छन् । जाजरकोट भूकम्पका घाइतेको उपचार तथा राहत व्यवस्थापनमा बांके प्रशासनबाट सक्रिय र प्रभावकारी भूमिका

निर्वाह भएको, बिचौलियारहित सेवाको शुरुवात भएको (निःशुल्क अनलाइन फाराम भरिदिने सुविधाको ग्यारेन्टी), एकै दिनमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवाको ग्यारेन्टी (समय बुक गर्नु नै नपर्ने), अनावश्यक सेवा प्रवाह प्रक्रिया कटौती गरी सरल तुल्याइएको (नागरिकताका सन्दर्भमा रास्ट्र बैंकलाई सोध्ने अनौठो प्रक्रिया, लैंगिक हिंसापीडित महिलाको सन्दर्भमा अनावश्यक प्रामण बुझ्ने ईत्यादि, सनाखत गर्ने अभिभावक नभएकालाई नागरिकतै नदिइने जस्ता) काम सय दिनमा भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जनाए । ‘ईलाका प्रशासन कोहलपुरलाई पूर्ण अधिकार प्रत्यायोजन (टिप्पणी सदर गराउन नेपालगन्ज आउनु नपर्ने ), तारिखमाथि तारिखको अन्त्य गर्न फास्ट ट्र्याकबाट मुद्वाको फैशला ( ८० प्रतिशतमाथि प्रगती पुर्याएको),’ उनले सार्वजनिक गरेका उपलब्धिमा भनिएको छ, ‘उपभोक्तामैत्री बजार निर्माणका लागि सघन अनुगमन (विभिन्न २३२ फर्महरुको अनुगमन, २,८४,३६४ मूल्यको अवैध माल/बस्तु जफत/नस्ट, विभिन्न फर्म/कम्पनीलाई ३,१०,००० जरिवाना), सुविधामा कैदीहरूको प्रत्यक्ष पहुँच (सेवा सुविधामा बन्दीको प्रत्यक्ष पहुचको पद्वती शुरु गरिएको (चौकीदार/नाइकेबाट हुने चुहावट नियन्त्रण), नागरिक पृस्ठपोषणको लागि क्यूआर कोडको प्रयोगको एस भेगमै पहिलो शुरुवात गरिएको छ ।’

त्यस्तै नियामक निकायहरुको समन्वयात्मक परिचालनमार्फत राजस्व चुहावट नियन्त्र/मुद्वा दर्तातर्फ ८.६ गुणाले बढोत्तरी भएको उनले जनाए । उनका अनुसार कार्यालय शौन्दर्यीकरण अभियान सञ्चालन भइरहेको र श्रीराम मुर्तिको प्राण प्रतिस्ठा कार्याक्रमको सन्दर्भमा बाँकेमा सञ्चालित धार्मिक अनुस्ठानहरु अपेक्षित शान्त वातावरणमा सम्पन्न भएको छ ।

यस्तै शीतलहर व्यवस्थापनमा पूर्वक्रियाशिल भूमिका निर्वाह भइरहेको उनले जनाए ।

Exit mobile version