सीमा क्षेत्रमा बढाइयो निगरानी

नेपालगन्ज । भारतको ७५औँ गणतन्त्र दिवसको अवसरमा नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुद पारिएको छ । नेपालगन्जको सीमा क्षेत्र जमुनाहमा पनि चेकजाँचमा कडाइ गरिएको हो ।

सीमा क्षेत्रबाट तेस्रो मुलुकका व्यक्ति र अपराधिक व्यक्तिहरुले भारत प्रवेश गर्न सक्ने भन्दै उनीहरुलाई रोक्न र सीमा क्षेत्रमा थप सुरक्षा व्यवस्था कायम गर्न केही दिन पहिला नेपाल-भारत सीमा क्षेत्रका सुरक्षा अधिकारीहरुको बैठक भारतको नान्पारामा सम्पन्न भएको थियो । उक्त बैठकमा भारतीय सुरक्षा अधिकारीहरुले नेपाली सुरक्षा अधिकारीहरुलाई सीमा निगरानी बढाउन अनुरोध गरेका थिए ।

बाँकेमा थप सुरक्षा निगरानी बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जनाए । उनका अनुसार नेपालगन्जमा होटेलमा आएका ग्राहकहरुको सम्पर्क नम्बर र व्यक्तिगत विवरण संकलन गर्न होटेल व्यवसायीहरुलाई भनिएको छ ।

Exit mobile version