आज ७२ औं भन्सार दिवस

आज शुक्रबार अन्तर्राष्ट्रिय भन्सार दिवस । आजका दिन भन्सार राजश्व संकलन गर्ने कार्यालयहरुले विभिन्न कार्यक्रमहरु आयोजना गरी भन्सार दिवस मनाउने गरेका छन् ।

भन्सार दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए । नेपालगन्ज भन्सार कार्यालयले भन्सार दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ । त्यसक्रममा राजश्व अनुसन्धान, उद्योग वाणिज्य संघ, पशु क्वारेन्टाइन, प्लान्ट क्वारेन्टाइन, वन कार्यालय, फुड क्वारेन्टाइन लगायत निकायहरु बीच अन्तरक्रिया गरिएको थियो । दिवसको सप्ताहव्यापी कार्यक्रम बीच भन्सार कार्यालय क्षेत्रमा सरसफाई पनि गरिएको थियो ।

बार्षिक लक्ष्यको ३० प्रतिशत मात्रै असुली

नेपालगन्ज भन्सार कार्यालयले आफ्नो बार्षिक लक्ष्यको ३० प्रतिशत मात्रै राजश्व असुली गरेको छ । २८ अर्ब ६६ करोड २५ लाख ३५ हजार चालु आर्थिक बर्ष २०८०/०८१ का लागि लक्ष्य निर्धारण गरिएपनि पुसमसान्तसम्म लक्ष्यको ३०.३२ प्रतिशत अर्थात् ८ अर्ब ६८ करोड, ८० लाख ५३ हजार मात्रै राजश्व असुली भएको छ ।

 

Exit mobile version