नेपालगन्जमा मनाइयाे भन्सार दिवस

७२अौँ अन्तराष्ट्रिय भन्सार दिवस नेपालगन्जमा पनि मनाइएकाे छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पाेखरेलकाे प्रमुख आथित्यतामा आज उक्त दिवस मनाइएकाे हाे ।
साताव्यापीरुपमा विभिन्न कार्यक्रम गरिएकाे थियाे । भन्सार कार्यालयका प्रमुख धुव्रराज विश्वकर्माका अनुसार सरसफाइ, कार्यालय परिसरमा वृक्षाराेपण, खेलकुद, फुटसल, सराेकारवाला निकायसँग अन्तरक्रिया, घाैटाेफाेरजस्ता कार्यक्रम भएका थिए ।

Exit mobile version