मेयरलाई पक्राउ गर्न `रेड कर्नर नाेटिस´

झन्डै दुई अर्ब रुपैयाँ हिनामिना गरेर फरार भएका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पक्राउ गर्न ‘रेड कर्नर नोटिस’ जारी भएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका देवकुमार नेपालीलाई पक्राउ गर्न नेपाल प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय फौजदारी सङ्गठन (इन्टरपोल) लाई आग्रह गरेपछि इन्टरपोलले ‘रेड कर्नर नोटिस’ निकालेको हो ।
उनीमाथि इमेज सहकारीका बचतकर्ताको एक अर्ब ६० करोड र विभिन्न बैंकहरूको ३५ करोड गरी दुई अर्ब रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।नेपाली गएको वैशाखदेखि नै फरार छन् ।

Exit mobile version