मानसरोवरका लागि माउण्टेन फ्लाइट गर्दै श्री

नेपालगन्जबाट मानसरोवर दर्शनका लागि श्री एयरलाइन्सले भोलि शनिबार माउण्टेन फ्लाइट गर्ने भएको छ ।
श्री एयर नेपालगन्जका प्रमुख उपेन्द्र नारायण श्रेष्ठले ‘मौसमले साथ दिए उडान र यात्रु तयारी अवस्थामा रहेको’ जानकारी दिंदै भने, ‘पछिल्लो एकसाता देखि बिग्रदो मौसमले उडानमा निकै बाधा पारेको छ ।’
नाट्टा नेपालगन्जको पहलमा यसअघि मानसरोबरका लागि बुद्धको चार्टड फ्लाइट मौसम अनुकुल नहुँदा बीचैबाट फर्किनु परेको थियो । ‘त्यसैले पनि यो उडानलाई व्यवसायिक भन्दा प्रयासकै रुपमै लिएका छौं’, मानसरोवरका लागि यात्रु समन्वय गर्दै सिद्धार्थ गु्रपका निर्देशक केशव न्यौपानेले भने ।
नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्ज गेटवे अफ मानसरोवरका रुपमा रहेकाले कैलाश मानसरोवरको दुरदर्शन महत्वपूर्ण आकर्षणका रुपमा रहने ठानेरै आफुले यसअघि नै प्रयास गरेको बताए ।

Exit mobile version