बिदेशबाट आएको क्षतिपूर्ति र बाँकी तलब लिन प्रशासनको अपील

नेपालगन्ज । बैदेशिक रोजगारीमा रहँदा दुर्घटना भइ कम्पनी बिघटन भएर घर फिर्ता आएकाहरु क्षतिपूर्ति र बाँकी तलबवापतको रकम जिल्ला प्रशासन कार्यालय बाँकेमा आएको छ । राजापुर-४ रनियापुरका मनोरथ चमार, बाँकेको डुडुवा-२ का हस्मुदिन खान र खजुरा-८ का रइस अहमद खानको रकम जिल्लामा आएको हो ।

चमारको दुई लाख ३० हजार पाँच सय ४४, हस्मुदिनको ५७ हजार ६ सय ७३ र रइसको पाँच लाख २९ हजार चार सय ४० रुपैयाँ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जनाए । क्षतिपूर्ति र बाँकी तलबवापतको पैसा लिन निज र वा निजको नजिकको हकदारलाई जानकरी गराउन सबैमा अपीलसमेत गरेका छन् ।

Exit mobile version