भारतबाट अबैध सामान ल्याउने पाँचजना नियन्त्रणमा

नेपालगन्ज । भारतबाट अवैधरुपमा भन्सार छली ल्याएका सामानसँगै पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालगन्ज-१२ बाट करिब दुई लाख २५ हजार दुई सय रुपैयाँ बराबरको सामान बरामद भएको प्रहरीले जनाएको छ ।

कुर्ता, सुरुवाल र लिपगार्डसँगै उक्त सामान ल्याउन प्रयोग गरिएको भारतीय नम्बरको एउटा मोटरसाइकल र तीनवटा साइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ । आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्जमा पठाइएको छ ।

Exit mobile version