नेपालगन्जका विद्यालय भोलि र पर्सी बन्द हुँदै

नेपालगन्ज । अत्यधिक चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले नगरभित्रका विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ । भोलि र पर्सी जाडो बिदा दिने निर्णय भएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

अत्यधिक चिसोसँगै शीतलहर चल्दा बालबालिकाको स्वास्थ्य प्रतिकुल असर पर्ने हुँदा सामुदायिक, संस्थागत र धार्मिक विद्यालय बन्द गरिएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले जनाए । यसभन्दा अघि पनि नेपालगन्जले चिसो बिदा दिएको थियो । चिसो हट्न सक्ने भन्दै पुनः विद्यालय सञ्चालन गरिएको थियो । तर, लगातार चिसो बढेकोपछि विद्यालय बन्द गर्नु परेको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव थापाले बताए ।

Exit mobile version