आगलागीबाट गोठसहित गाईवस्तु जले

नेपालगन्ज । भान्सा र खरले छाएको गोठमा आगलागी भएको छ । बर्दियाको गेरुवा गाउँपालिका-६ प्रसेनीपुरका मुक्तबहादुर बस्नेतको भान्सा र खरले छाएको गोठमा आगलागी भएको हो ।

उक्त आगलागीबाट भान्सा र गोठ पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट एउटा भैंसी, एउटा पाडो, दुईवटा बाख्रा, तीनवटा खसी र १५ वटा कुखुरा मरेका छन् । आगलागीबाट करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

Exit mobile version