बाँकेको बैजनाथमा आजदेखि प्रदेशसभा सदस्य कप फुटबल

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ४ विकासनगरमा सोमबारदेखि प्रदेशसभा सदस्य गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै छ ।
बाँकेका क्षेत्र नम्बर ३(१) बाट निर्वाचित लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीको उत्प्रेरणामा  बानियाभार स्मार्ट युवा क्लवको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा विभिन्न २१ क्लवको सहभागिता रहेको छ ।
सोमबार दिउसो १ बजे बिभिन्न साँस्कृतिक झाँकी सहित प्रतियोगिताको उद्घाटन हुन लागेको प्रदेशसभा सदस्य खत्रीले जानकारी दिनुभयो । फुटबल प्रतियोगितासँगै माघी मिलन कार्यक्रम समेत सोही स्थानमा राखिएको छ । युवाहरुलाई रचनात्मक क्रियाकलापमा संलग्न गराउने उद्धेश्यले स्थानीय युवाहरुको प्रस्तावमा प्रतियोगिता गर्न लागिएको खत्रीले बताउनुभयो । 

Exit mobile version