बाँकेको एउटा निर्माण कम्पनी कालोसूचीमा

नेपालगन्ज । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बाँकेको एउटा कम्पनीलाई कालोसूचीमा राखेको छ।

कोहलपुर-११ को जेके विल्डर्सलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो ।

यस कम्पनीका मुख्य व्यक्ति कर्णबहादुर खड्का हुन् । सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कालोसूचीमा राख्न सिफारिस गरेको थियो । यो कम्पनीलाई तीन वर्षसम्म कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । साथै सार्वजनिक खरिद अनुगमन कार्यालयले योसहित २२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

Exit mobile version