मेयर कप : राम जानकी, लक्ष्मी र सुर्योदय विजयी

राम जानकी मावि कोहलपुर, लक्ष्मी मावि बर्दहवा र सुर्योदय मावि चिसापानीले नेपालगन्जमा भैरहेको मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता–२०८० मा सोमबार जित हासिल गरेका छन् ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट टे«निङ सेन्टरमा भएको खेलमा राम जानकी माविले सहजै ब्राइटल्यान्ड स्कुललाई ११–१ ले पराजित गरेको छ । राम जानकीको तर्फबाट महेश विकले ह्याट्रिक गर्नु भयो । उहाँले खेलको ११औं, ४०औं र ४७औं मिनेटमा गोल गर्नु भएको थियो । राम जानकीको लागि अमित थापाले दुई गोल गरे । उनले १४औं र ३२औं मिनेटमा गोल गर्नु भयो । टोलीका लागि अनिल कुमार मगरले २५औं र ३४औं मिनेटमा गरी दुई गोल गर्नु भयो । यसैगरी रामजानकीका लागि रिजन कठायतले २०औं मिनेट र गणेश आलेले २६औं मिनेटमा गोल गर्नु भयो । ब्राइटल्यान्डको तर्फबाट तिन मिनेटमा एउटा आत्मघाति गोल भएको थियो । यसैगरी रामजानकीका खेलाडीले ४५औं मिनेटमा आत्मघाति गोल गर्नु भएको थियो । खेलमा ह्याट्रिक गोल गर्नु भएको रामजानकीका महेश विक खेलको म्यान अफ द म्याघ घोषित हुनु भयो । खेलको म्यान अफ द म्याच बन्न सफल महेश विकलाई राप्रपा नेपालका सहायक महामन्त्री, बुद्ध युवा क्लबका अध्यक्ष तथा पुर्व राष्ट्रिय खेलाडी तेज बिक्रम शाह र ठुली भेरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष खड्काले पुरस्कृत गर्नु भयो ।
अर्को खेलमा लक्ष्मी माविले एबीसी रेसिडेन्टल स्कुललाई ३–२ ले पराजित गरेको छ । खेलमा लक्ष्मीका आर्यन केसीले १३औं र २३औं मिनेटमा गरी दुई गोल र अभिनन्दन शाहीले ३६औं मिनेटमा गोल गर्नु भयो । एबीसीका लागि सुजन ओलीले दुई मिनेट र आठ मिनेटमा गोल गर्नु भएको थियो । खेलमा लक्ष्मीका आर्यन केसी म्यान अफ द म्याच घोषित हुनु भयो । केसीलाई संविधान सभा सदस्य, नेपाली कांग्रेसका केन्द्रिय सदस्य, नेपालगन्ज आयुर्वेद जनरल हस्पिटल र नेपालगन्ज हेल्थ क्याम्पसका अध्यक्ष मैकुलाल वाल्मिकीले पुरस्कृत गर्नु भयो ।
सोमबार भएको तेस्रो खेलमा सुर्योदय मावि चिसापानीले राम मावि कोहलपुरलाई ४–० ले पराजित गरेको छ । सुर्योदयको जितमा सम्राट सुनारले ३२औं र ५४औं मिनेटमा गोल गर्नु भयो । टोलीका लागि क्षितिज बुढाले चार मिनेट र पुरन थापाले ४०औं मिनेटमा गोल गर्नु भएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गर्नु भएका सुर्योदयका कप्तान विपन बुढा म्यान अफ द म्याच घोषित हुनु भयो । म्यान अफ द म्याच बन्न सफल विपन बुढालाई नेपाल ई–रिक्सा व्यवसायी संघ बाँके अध्यक्ष कुमार सिंह ठकुरी र खेलपाटी डटकमका सम्पादक हिमबिक्रम केसीले पुरस्कृत गर्नु भयो ।

बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा भैरहेको प्रतियोगितामा २८ छात्र टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत मंगलबार माघ १६ गतेको पहिलो खेलमा जिभिएन कलेज र नेपालगन्ज सेन्ट जेभियर्स (११ः३० बजे), अमर मावि सि गाउँ र आदर्श ईङलिस मिडियम स्कुलबिच दोस्रो खेल(१ः००बजे) हुनेछ ।
मंगलबारको तेस्रो खेलमा धम्बोझी मावि र आदर्श मावि खजुरा बिच(२ः३० बजे) प्रतिस्पर्धा हुनेछ ।

Exit mobile version