सुदूरपश्चिमका सामाजिक विकासमन्त्री साउँदविरुद्ध उजुरी

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउँदविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । बझाङको बुंगल नगरपालिका-१ का धनबहादुर बोहराले मन्त्री साउँदविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दर्ता गराएका हुन् ।

पैसा लेनदेनका विषयमा मन्त्रीविरुद्ध उजुर परेको प्रहरीले जनाएको छ । कैलालीका प्रहरी प्रवक्ता डिएसपी कुलदीप चन्दले हाल मन्त्री रहेका साउँदले पैसा फिर्ता माग्दा उल्टै ज्यान मार्ने धम्की दिएकोले सुरक्षा गरी पाउँ भन्दै बोहराले ठाडो उजुरी दिएको बताए । त्यस विषयमा थप अध्ययन भइरहेको उनको भनाइ छ ।

Exit mobile version